प्रदेश नं. १ का सवै जिल्ला सङ्क्रमित छैनन् – मन्त्री घिमिरे

मनोज दाहाल २०७७ जेठ २८ गते २२:५७ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २८ जेठ । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका सवै जिल्लामा कोरोना सङ्क्रमित नदेखिएको बताउनु भएको छ।

सामाजिक विकास मन्त्रालयमा आज अपरान्ह आयोजित पत्रकार सम्मेलनमा उहाँले विभिन्न तथ्याङ्कहरुमा प्रदेशका १३ जिल्लामा सङक्रमण देखिएको भनिएता पनि त्यस्तो नभएको स्पष्ट पार्नु भयो।

प्रदेशमा देखिएको सङ्क्रमण विदेश तथा भारतबाट आएकाहरुबाट भएको हो भन्दै उहाँले प्रदेशका बासीन्दा भएपनि भारतबाट आएकाहरु अधिकांश भएको बताउनुभयो।

भारतबाट आए पनि सीमा क्षेत्रको क्वारेन्टिमा बस्ने व्यवस्था गरेको र उनीहरु घर पुग्न पाएका छैनन्, घर भएकाको आधारमा जिल्लालाई सङक्रमण फैलिएको बनाइयो उहाँले भन्नुभयो।

प्रदेशमा समुदाय स्तरमा कोरोना नफैलिएको पनि मन्त्री घिमिरेले दावी गर्नुभयो । उहाँले भन्नुभयो– समुदायमा सङक्रमण हुन दिएका छैनौं, पोजेटिभ देखिना साथ अस्पताल पु¥याएका छौं।

मन्त्री घिमिरेले कोरोना सङ्क्रमण रोकथामका लागि भुल्के सिकाईको थलो भएको बताउदै यस विरुद्ध लड्ने र भिड्ने रणनीति बनाउन सजिलो भएको बताउनुभयो।

भुल्केबाटै ‘थ्रिटि’ (टे«सिङ, टेष्टिङ र ट्रिटमेन्ट)को काम शुरु भएको मन्त्री घिमिरेले भन्दै भुल्केको सङ्क्रमणलाई पूर्णरुपमा नियन्त्रण गरिएको छ भन्नु भयो ।

पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले भुल्के सङ्क्रमणलाई नियन्त्रणमा ल्याउनका लागि गरिएका प्रयासहरुका वारेमा तथ्याङक प्रस्तुत गर्नु भएको थियो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया