उद्वारमा अहोरात्र तल्लीन प्रशासकीय अधिकृत शिवराज जोशी र यादव भण्डारी

वीरेन्द्र रावल २०७७ जेठ २८ गते २१:४४ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,जेठ २८।भारतका विभिन्न क्षेत्रबाट नेपाल भित्रिने नेपालीहरुले सीमा नाकामा दुख नपाउन भन्नका लागि अहोरात्र खटिरहनु भएको छ जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी र अर्का प्रशासकीय अधिकृत यादव भण्डारी।

जिल्ला प्रशासन कार्यालयले मातहतका कर्मचारीहरु र प्रहरी प्रशासनलाई सीमा क्षेत्रमा उद्धार देखि लिएर सुरक्षार्थ खटाउनु पर्ने बेलामा जिल्ला प्रशासन कार्यालय कैलालीका दुई जना प्रशासकीय अधिकृतहरु शिवराज जोशी र यादव भण्डारी अहोरात्र मानिसहरुको सेवामा तल्लनि भएर लागि राख्नु भएको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालयमा लामो समय सम्म आन्तरिक कार्यहरु ,पास सेवा देखि लिएर कार्यालयले लक डाउनका अवधीमा गर्नुपर्ने कार्यालयका कामको चापमा पानी पिउने समेत फुसर्द नलिएर प्रशासकीय अधिकृत मानिसहरुको सेवामा कर्मठ भएर खटिरहनु भएको देखिन्थ्यो भने र हाल पास लगायउतका कार्यहरुमा केहि कमि आएपनि आन्तरिक कार्यमा प्रशासकीय अधिकृत विहानै देखि अपरान्न सम्म प्रमूख जिल्ला अधिकारीले अह्रायका कार्यमा तल्लिन भएर लागि पर्नु भएको देखिन्छ । उता कोरोना कहरका बेलामा पनि अधिकाश सरकारी कार्यालयका कर्मचारीहरु कार्यालयमा नजाने,लक डाउनको पालना गर्दै होम क्वाईरेन्टाईनको सुविधा लिईरहेका बेलामा भने जिल्ला प्रशासन कार्यालय कैलालीका अर्का प्रशासकीय अधिकृत शिवराज जोशी भने सीमा क्षेत्रमै पुगेर मानिसहरुको उद्धारमा खटिरहेको देख्न सकिन्छ।

जिल्ला प्रशासन कार्यालय कैलालीको से १ झ नम्बरको गाडी आफै चलाएर विहान १० देखि साँझ ५ बजेको समयमा बेला बखत नेपाल भारत सीमानाको गौरीफन्टा नाकामा पुगेर भारतीय अधिकारीहरु संग समन्वय गर्ने र अलपत्र नेपालीहरुको उद्वार गर्ने कार्यमा निरन्तर रुपले सक्रिय रहनु भएको छ । प्रशासकीय अधिकृत शिवराज जोशी सीमानाकामा कुनै दिन त ५ हजारको संख्यामा मानिसहरुको उद्वार गर्नु परेको बताउनु हुन्छ । विभिन्न जिल्लाका मानिसहरु सीमानामा आएको अबस्थामा सम्बन्धीत जिल्लाबाट बस वा अन्य साधनहरु नआइ पुगेको अवस्थामा उनिहरुलाई धनगढी क्षेत्रमा व्यवस्थापन गर्ने लगायतका कार्यहरु गर्ने र सुदूरपश्चिमका विभिन्न जिल्लाका मानिसहरुलाई सम्बन्धी जिल्ला ,गाउँ र नगरका प्रमूख अनि पदाधिकारीहरु संग समन्वय गरेर मानिसहरुलाई गन्तव्यमा पुराउने लगायतका कार्यहरु निरन्तर भैरहेको पनि प्रशासकीय अधिकृत शिवराज जोशीले बताउनु भएको छ । मानिसहरु व्यापक रुपले सूमहमा आउने र सामाजिक दुरी समेत कायम नगरेको अवस्था आउने गरेका कारण सीमा क्षेत्रमा व्यवस्थित गर्न निकै हम्मे हम्मे पर्ने गरेको पनि प्रशासकीय अधिकृत जोशीले बताउनु भयो।

भारतबाट दैनिक जसो सीमानाकामा आउने मानिसहरुको व्यवस्थापनमा कैलाली जिल्ला प्रशासन कार्यालय मातहातमा प्रहरी लगायत स्वयं सेवकहरुले समेत निरन्तर सेवा दिइरहेका कारण सीमा क्षेत्रबाट दैनिक कम्तमिा पनि ३ हजारको संख्या र बढीमा ५ हजारको संख्यामा मानिसहरुको उद्धार भैरहेको पनि जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत जोशीले बताउनु भएको छ।

सिमा क्षेत्र बाट जसरी मानिसहको व्यवस्थापन भैरहेको छ त्यसरी उनिहरुको आरडिटी परिक्षण गर्ने कार्य नभएको कारण सुदूर पश्चिमका विभिन्न जिल्लाहरुमा कोरोनाको संक्रमण बढ्ने होकी भन्ने त्रास सुदुरपश्चिममा व्याप्त रहेको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया