गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापाले संसारभरीका नेपालीमा सहयोगको लागि अपिल

इनेप्लिज २०७७ जेठ २७ गते १४:१३ मा प्रकाशित


२७ जेठ, काठमाण्डौं । गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापाले संसारभरीका नेपालीमा सहयोगको अपिल गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पुर्व केन्द्रीय कोषाध्यक्ष तथा सामाजिक अभियन्ता हिक्मत थापाले सुदूरपश्चिम प्रदेशमा तीन साताको अबधिमा भारतबाट १ लाख नेपाली भित्रिसकेको र ६० हजार भन्दा बढी नागरिक क्वारेन्टिनमा भएको हाल अवस्थामा प्रयोगशालाले धान्नै नसकिने गरी कोरोनाको नमुना जाँचका लागि थ्रोट श्वाव संकलन भएको र एउटा मात्र पिसीआर मशिनले त्यो धान्न नसक्ने अवस्था आएको बताएका छन् ।

हाल अफ्रिकी देश नाइजेरियामा कार्यरत थापाले सुदूरपश्चिमका पहाडी सात जिल्लालाई पायक पर्ने डडेल्धुरामा पीसीआर मेसिन सहितको प्रयोगशाला स्थापना र पिसीआर किटहरु उपलब्ध गराउनका लागि ह्युमानिटी फाउण्डेसन नेपाल धनगढी र प्रवासमा रहेका सुदूरपश्चिमका गैरआवासिय नेपालीहरु जुटिरहेको बताउँदै यसमा सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन् ।

यस्तो छ थापाको अपिल हार्दिक अपिल
हाल सुदूरपश्चिममा एउटा मात्र पीसीआर मेसिन छ । जो धनगढीमा छ । जसले प्रतिदिन बढिमा २५० जनाको मात्र थ्रोट स्वावको परीक्षण गर्ने गरेको छ । जवकी सुदूरपश्चिममा पछिल्लो तीन सातामा भारतबाट एक लाख भन्दा बढि व्यक्ति भित्रिईसकेका छन् । पछिल्लो अढाई महिनामा भित्रिएको संख्या साढे तीन लाख भन्दा बढि छ ।यतिबेला सुदूरपश्चिममा ६० हजार भन्दा बढि व्यक्ति क्वारेन्टाईनमा छन् । र अहिलेसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । प्रयोगशालाले धान्नै नसक्ने कोरोनाको परीक्षणका लागि थ्रोट स्वाव संकलन भएपछि यतिबेला स्वाव संकलन कार्य समेत स्थगित भएको छ । जसकारण कोरोना फैलिने जोखिम उच्च भएको छ । यही कारण सुदूरपश्चिमका पहाडी सात जिल्लालाई पायक पर्ने डडेल्धुरामा पीसीआर मेसिन सहितको प्रयोगशाला स्थापना र पिसीआर किटहरु उपलब्ध गराउनका लागि ह्युमानिटी फाउण्डेसन नेपाल धनगढी र प्रवासमा रहेका सुदुर पश्चिमका गैरआवासिय नेपालीहरु जुटिरहेका छन् ।

सुदूर पश्चिममा पीसीआर मेसिन र पीसीआर किट्सहरू उपलब्ध गराउने उद्देश्यले ह्युमानिटी फाउण्डेसन, विश्वका बिभिन्न देशमा रहेका सुदुरपश्चिमेली र गैरआवाशिय नेपाली अभियन्ताहरुले सहयोग संकलन अभियान शुरु गरेका छन् । यो अभियानमा सहभागी हुन तथा सहयोग गर्न देशभित्र तथा बाहिर रहेका सुदूरपश्चिमेली तथा सुदुर पश्चिमालाइ माया गर्ने सबै शुभेच्छुकलाई हार्दिक अनुरोध गर्दछौ । पहाडी ७ वटा जिल्लालाई पायक पर्ने डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराईने छ भने पीसीआर टेस्ट किट्स् ९ वटै जिल्लामा सहयोग गरिने जानकारी गराउन चाहन्छौ ।

अभियानको प्रारम्भ र संयोजन गरि राख्नु भएका धनगढी स्थित पत्रकार दीर्घराज उपाध्याय लगायत गैरआवासीय नेपाली संघ (एनआरएनए ) मा आबद्द संसारभरी रहनु भएका सुदूरपश्चिमका मित्रहरु लगायतका घरदेश र परदेशमा रहनुभएका मित्रहरुको आफ्नो माटो दुखी रहेको बेला सहयोगमा जुटुनु भएकोमा खुशी लागेको छ ।

हाम्रो आग्रह अनुसार गैरआवासिय नेपाली संघले समेत यथाशीघ्र पिसीआर किटसहरुको सहयोग उपलब्ध गर्ने वचन संघका अध्यक्ष कुमार पन्त र पदाधिकारी साथीहरु बाट प्राप्त भएको छ ।

म यस अभियानमा जोडिन हुन बिशेषत प्रवासमा रहनु भएका सम्पूर्ण सुदुरपश्चिमका गैरआवासीय नेपाली साथीहरूलाई बिशेष आग्रह गर्दछु ।’

प्रतिक्रिया