मनोज दाहाल,
विराटनगर,२७ जेठ।नेपाल औषधी व्यवसायी संघ मोरङले इलाका प्रहरी कार्यालय सिजुवालाई आज मेडिकल मास्क, सेनिटाइजर र पन्जा लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको छ।
संघका अध्यक्ष लक्ष्मी तिम्सिनाको नेतृत्वमा पुगेका पदाधिकारीहरूले कार्यालयका प्रमुख प्रहरी निरीक्षक मोहन रायमाझीलाई मेडिकल मास्क, सेनिटाइजर र पन्जा लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो।
यसअघि मोरङको चार वटा प्रहरीको युनिटलाई मेडिकल मास्क, सेनिटाइजर र पन्जा लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिसकेको संघ मोरङ उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिनु भयो।
जनताको सुरक्षामा अग्रपङ्तीमा खटिने प्रहरीलाई सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर सामाजिक कार्य अनुरूप स्वास्थ्य सामाग्री प्रदान गरिएको अध्यक्ष तिम्सिनाले बताउनु भयो।
यसअघि उर्लाबारी नगरपालिका– ७ स्थित नमूना बाल गृहमा रहेका बालवालिकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरेको उपाध्यक्ष ढकालले बताउनु भयो।
यसैगरी मोरङको बुढीगंगा गाउँपालिका र विराटनगरमा रहेको विराटेश्वर वृद्धआश्रम रहेका जेष्ठ नागरिकहरूलाई दिर्घरोगका औषधी, भिटामिन, स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरिसकेको छ ।
पत्रकार
प्रतिक्रिया