वीेरेन्द्र रावल,
धनगढी, जेठ २६÷ राम्रो खाना नपाएको कतै किरा किरा परेको चामल त कतै ओत लाग्ने ठाउँ नभएर क्वाईरेन्टाईनमा मानिसहरुले शास्ती खेपिरहेका बेलामा भने धनगढी उपमहानगरपालिका वडानम्बर ३ को क्वार्यरेन्टाईन अपवादमा परिणत भएको छ।
ईच्छा शक्ति र तत्परता अनि मानव सेवाको भावना हुने हो भने सबै असहजताहरु मिथ्यामा परिणत हुन सक्दा रहेछन् भन्ने कुराको हस्ताक्षर बनेको छ धनगढी उपमहानगरपालिका ३ बोराडाँडीस्थित त्रिभूवन माध्यामिक विद्यालयको क्वाईरेन्टाईन।
वडानम्बर ३ का युवा समाज सेवी वडाअध्यक्ष बल बहादुर ऐर,सदस्यहरु ओमबिक्रम चन्द,पार्वती सिंह र नारायण पाण्डेय अहोरात्र क्वाईरेन्टाईनमा बसेका मानिसहरुको सेवा ,सुविधा र हेरचाहमा खटिरहनु भएको छ ।
भारत लगायत देशका विभिन्न स्थानबाट आएका ९० जना मानिसहरु मध्ये सोमबार सम्म सो क्वाईरेन्टाईनमा ६० जना मानिसहरु (महिला पुरुष समेत ) गरेर बसिरहेका छन्।
बडापालिकाका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिले क्वाईरेन्टाईनलाई व्यवस्थित बनाउने,उनिहरुको खानपान,नास्ता पानी देखि लिएर बस्ने व्यवस्थामा कुनैपनि खालको कमि नहोस् भन्नका लागि रातदिन नभनेर मानिसहरुको सेवामा तल्लिन भएर लागि परेको बताउनु हुन्छ – वडाअध्यक्ष बल बहादुर ऐर ।
त्रिभूभन माध्यामिक विद्यालयको दुई वटा छुटट्ै भवनमा एकातीर महिला र अर्कोतीर पुरुषहरु राखेर उनिहरुलाई व्यवस्थित बनाउने कार्यमा कुनैपनि कमि नराखेको कुरा वडाअध्यक्ष महराले बताउनु भएको छ।
क्वाइरेन्टाईनमा बस्ने मानिसहरुमा तनाव नहोस्, दिलवहुलाउन र सञ्चार क्षेत्रबाट टाढा बस्न नपरोस् भन्नका लागि बिद्यालयको हाता भित्र क्वाईरेन्टाईन स्थलमा वाईफाईको व्यवस्था, राती सुत्ने बेलामा गर्मी नहोस् भन्नका लागि पंखा,लामखुटट्ेले नटोकोस् भन्नका लागि झुल,स्वच्छ पिउने पानी, नुहाउनका लागि धारा र शौचालयको उचित व्यवस्था समेत मिलाइएको कुरा वडासदस्य ओमबिक्रम चन्दले बताउनु भएको छ।
साँझ विहानको चिया नास्ता,दिनमा खाना र साँझ खानाको व्यवस्था,नास्तामा चना,अण्डा समेत दिने गरेको कुरा वडाअध्यक्ष बल बहादुर ऐर बताउनु भयो ।
यसका साथ साथै क्वाइरेन्टाईन भित्र बसेका मानिसहरुलाई कुनैपनि समस्या नआओस भन्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण राना,विद्यालयका प्रधानाध्यापक सीताराम ओझा, पिटिए अध्यक्ष श्यामराज पाठक, विद्यालयका पूर्व अध्यक्ष एवं सल्हाकार प्रेमराज भटट् लगायतका व्यक्तिहरुले पनि सो क्वाईरेन्टाईनमा नियमित हेरबिचार गर्ने र मानिसहरुको सेवामा निरन्तर कार्य गरिरहनु भएको कुरा वडाअध्यक्ष बल बहादुर ऐरले बताउनु भएको छ।
त्रिभूवन माध्यामिक विद्यालयका प्रधानाध्यापक सीताराम ओझाका अनुसार सो विद्यालयमा क्वाईरेन्टाईनमा बसेका मानिसहरुका लागि श्री भक्त विवि हेल्पीङ हेण्डस् फर ह्युमानिटी र धनगढी उपमहानगरपालिका वडानम्बर ३ को सहकार्यमा खाद्यान्न आपुर्ति गर्ने देखि लिएर सब व्यवस्थापनका कार्यहरु भैरहेको छ।
सो बिद्यालयका स्टोर त एक प्रकारको डिपार्टमेन्ट स्टोर जस्तै भान हुनेगरी सजाइएको पनि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण रानाले बताउनु भयो । महिलाका लागि सिनेटरी प्याड, दाल,चामल,नुन तेल, पानी, मसला, सागसब्जी, अण्डा,चना कपडा लगायतका अत्यावश्यक सरसमानहरु स्टोरमा प्रयाप्त मात्रामा भण्डारण गरिएको अवस्थामा देखन सकिने पनि अध्यक्ष रानाले बताउनु भयो।
सो क्वाइरेन्टाईनमा बसेका धनगढी उपमहानगरपालिका ३ का अमर रानाले वडाकार्यालयले बसोबास,खानपान लगायतका कार्यमा कुनैपनि कमि नराखेको ,पटक पटक सेवा सुविधाका लागि जनप्रतिनीधिहरु आएर हेरचाह गर्ने गरेको बताउनु भएको छ।
कैलाली लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा क्वाईरेन्टाईनमा बसेका मानिसहरुले खान,बस्नको समेत राम्रो व्यवस्थापन नपाएको अवस्थामा धनगढी उपमहानगरपालिका वडानम्बर ३ ले भने सबैका लागि प्रेरणा दिनेखालको व्यवस्थापन गरेको पाइएको छ।
बिद्यालयको माथिल्लो तलामा खाना पकाउने मानिसहरुले स्वास्थ्य मापदण्ड अनुसार हातमा ग्लोब्स,मासक र टाउकोमा हेडक्याप लगाएर मात्र खाना पकाउने र सरसफाईको बिषयमा निकै सचेतता अपनाइएको कुरा वडाअध्यक्ष बल बहादुर ऐरले बताउनु भयो।
प्रतिक्रिया