वीरेन्द्र रावल,
धनगढी, जेठ २५÷ वैज्ञानिक वनका विरुद्वमा तीनै तहबाट व्यापक विरोध हुन थालेको छ।नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रममा समृद्विका लागि वन भन्ने शिर्षकमा दिगो वन व्यवस्थापन वन व्यवस्थापन कार्यक्रमलाई विस्थापित गर्नका लागि वैज्ञानिक वनको संज्ञा दिएर कैलाली कञ्चनपुर जिल्लामा सर्वकटानको नीति लिएर हरिया साल,सल्ला र अस्ना लगायतका जातका रुखहरुमाथी धावा बोल्ने कार्य भएको भन्दै त्यसको व्यापक विरोध हुन थालेकोछ।
कैलाली र कञ्चनपुर जिल्लामा जनताको सहमति विनानै सामुदायिक वनका पदाधिकारीहरु,वनका केन्द्र देखि जिल्ला तहका कर्मचारी,कसतपय प्रदेश तथा स्थानीय र संघीय साँसदहरुको मिलेमतोमा जर्वजस्ती वैज्ञानिक वन कार्यक्रम लागु गर्ने कार्य अगाडी बढाउन थालेपछि उक्त कार्यक्रमको व्यापक विरोध हुन थालेको छ।
संघीय सदनमा साँसदहरुको गर्जन : साँसद प्रेम आलेमगर
कैलाली जिल्लाको चुरे क्षेत्रमा पर्ने दुर्गम पहाडी मोहन्याल गाउँपालिकाको कार्यपालिकाको बैठकले चुरेमा वैज्ञानिक वन कार्यक्रम लागु गर्न नहुने भन्दै प्रतिबन्ध लगाउने निर्णय गरे लगत्तै पहलमानपुर वन डिभिजन र धनगढी वन डिभिजन अन्तरगतका कतिपय सामुदायिक वनहरु जहाँ वैज्ञानिक वन कार्ययोजना पास भएका थिए तीं वनहरुमा रातारात ठूलो परिमाणमा हरिया सालका रुखहरु कटानी गर्ने कार्यहरु भएका थिए । लक डाउनको समयमा कैलाली जिल्लाको पूर्वी क्षेत्रमा पर्ने पहलमानपुृर वन डिभिजन कार्यालयका प्रमूखले त काष्ठ व्यवसायीसंगै विभाग र मन्त्रालय पुगेर कटानी आदेश लिएर आएका थिए । कटानी आदेश आए लगत्तै पुनः नेपाल सरकारको मन्त्री परिषदको जेठ १५ गतेको बैठकले काठ कटानी,ढुवानी,ओसार पसार लगायतका सबै कार्यहरु नगर्न नगराउन भनेर सबै प्रदेशका पर्यटन ,उद्योग,वन तथा वातावरण मन्त्रालयलाई निर्देशन समेत दिएको अवस्थामा कैलाली र कञ्चनपुर जिल्लामा धमाधम रुखहरु कटानी भएका थिए । सुदूरपश्चिम स्थित उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले जानकारी नदिएको र आफुहरुले थाहा नपाएका कारण रुखहरु कटानी गर्नु परेको धारणा वन अधिकृतहरुले व्यक्त गर्दै आएका भएपनि विभागीय पत्र आएको थाहा हुँदा हुँदैपनि गिरोहको प्रलोभनमा परेका वन कर्मचारी र सामुदायिक र साझेदारी वनका पदाधिकारीहरुले मजदुर लगाएर रुखहरु रातारात कटानी गरेको पाइएको थियो।
सुप प्रदेश नेका संसदीय दलका नेता:डा. रण बहादुर रावल
डोटीबाट संघीय संसदमा प्रतिनीधित्व गर्नु हुने साँसद प्रेम आलेमगरले संसदको बैठकमा समय लिंदै कैलाली कञ्चनपुरमा वनमाफियाहरुको सक्रियतामा भैरहेको हरियो वन क्षेत्रमाथीको धावा बोल्ने कार्य तत्काल बन्द गर्न माग गर्नु भएको छ । उहाँले वन मन्त्रालय,विभाग देखि लिएर केहि राजनीतिक दलका नेता र जनप्रतिनीधिहरुको मिलेमतोमा भैरहेको वन विनास कार्यमा संलग्नमाथी बलियो छानविन समिति बनाएर तत्काल कडा भन्दा कडा कारवाही गर्न समेत माग गर्नु भएको छ।
कैलाली जिल्लामा भैरहेको वैज्ञानिक वन कार्यक्रमका बारेमा जिल्लाबाट व्यापक विरोध आईरहेकोले यदि अवैधानिक तरिकाले वन विनास भैरहेको छभने संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने माग गर्नु भएको छ । संसद बैठकमा बोल्दै साँसद रावलले वैज्ञानिक वनका विरुद्धमा पनि कुनै विदेशी गोटीहरुले चलखेल गरेका हुन सक्ने सम्भावना भएकाले त्यस विषयमा पनि सरकारलाई सोच्न र गलत भएको ठाउँमा संलग्न जोसुकै भएपनि कडा भन्दा कडा कारवाही गर्नु पर्ने र वन जोगाउनु पर्ने समेत माग गर्नु भएको छ ।
सुप प्रदेश सभाका सदस्य : रतन थापा
यस्तै सुदूरपश्चिम प्रदेश सभाको बैठकमा पनि वैज्ञानिक वनको व्यापक विरोध भएको छ ।
उता सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रमूख प्रतिपक्ष दलका नेता डा.रण बहादुर रावलले पनि कैलाली जिल्लामा जैविक विविधताको विनास हुनेगरी वनलाई सर्वकटान गरेर तराईको अस्तित्वलार्य समाप्त गर्ने कार्यमा माफियाहरु र सरकारका मन्त्री देखि साँसदहरु समेत संलग्न भएको पाइएकोले हरियो वन विनास गर्ने र जनताको भविश्यमाथी खेलवाड गर्नेलाई हदै सम्मको कारवाही हुनु पर्ने माग गर्नु भएको छ ।
कैलाली क्षेत्र नम्बर २ (क) बाट सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने प्रदेश सभाका सदस्य एवं नेकपा कैलालीका अध्यक्ष रतन थापाले वैज्ञानिक वनका नाममा भैरहेको अवैज्ञानिक कार्यलाई तत्काल रोक्न माग गर्नु भएको छ ।
प्रदेश सभाका सदस्य थापाले राजनीतिक दलका कार्यकर्ता ,वन कर्मचारी र विभागको मिलेमतोमा कैलाली जिल्लाको चुरे र चुरेको फेदीमा अवैधानिक रुपले हरिया सालका रुखहरु रातारात कटानी गर्ने कार्यहरु भैरहेकाले वन विनासमा संलग्नहरुमाथी कडाभन्दा कडा कारवाही गर्न र वनमाफियाहरुमाथी तत्काल छानविन गर्न समेत माग गर्नु भएको छ ।
कैलाली क्षेत्रनम्बर २बाट संघीय साँसद : झपट बहादुर रावल
कैलालीको मोहन्याल जस्तो दुर्गम पहाडी र चुरे क्षेत्रले ओगटेको गाउँपालिकाका विभिन्न वनहरुमा समेत वैज्ञानिक वन बनाउने कार्यलाई रोक्ने निर्णय गाउापालिकाले गरेको र स्थानीय जनताको समर्थननै नभएको वैज्ञानिक वन कार्यक्रम तत्काल खारेज हुनु पर्ने बताउनु हुन्छ नवल सिंह रावल । चुरे विनासको चपेटामा पर्ने खतरालाई मध्यनजर गर्दै वन ,प्रदेश सरकारलाई समेत पटक पटक मौखिक र लिखित जानकारी दिंदापनि नेपाल सरकारले वन कटानी रोक्नका लागि गरेको निर्णयको पाँचौं दिनसम्म पनि चुरेमा हरिया सालहरु रातारात कटानी भएको बताउनु हुन्छ अध्यक्ष रावल।
कैलाली जिल्लामा भैररहेको र्वैज्ञानिक वन कार्यक्रमले वन विकास नभएर विनासको चपेटामा धकेल्ने र जैविक विविधताको नास हुने भएकाले उक्त कार्यक्रम तत्काल बन्द हुनु पर्ने माग सहित संघीय संसदमा र प्रदेश सभामा ठूलो संख्यामा सांसदहरुले विरोध गर्नुका साथ साथै स्थानीय जनता र उपभोक्ताहरुले समेत वैज्ञानिक वन खारेज हुनुपर्ने माग उठाई रहेका छन् । उनिहरुले सरकारको निित तथा कार्यक्रमबाटथै वैज्ञानिक वन कार्यक्रम खारेज हुनु पर्ने माग गरेका छन्।
मोहन्याल गाउँपालिकाका अध्यक्ष : नवलसिंह रावल
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया