-वीरेन्द्र रावल
शसस्त्र प्रहरी बल बिओपि पोष्ट र प्रहरी चौकी जुगेडाको संयुक्त गस्ती टोलीले शनिवार धनगढी १० जुगेडाबाट ११.७०० ग्राम ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नीरिक्षक हिक्मत बहादुर थापाले जानकारी दिनु भएको छ । पक्राउ पर्नेमा वडानम्बर ९ का राजेन्द्र भाट,वडानम्बर १० का बलराम राना र २४ बर्षका गौरव श्रेष्ठ रहेका छन् ।
उनिहरुको साथबाट सिल्भर पेपर,५ हजार ६ सय नगद र टुटाएको आधा ब्लेड समेत रहेको जनाइएको छ । उनिहरु माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया