वीरेन्द्र रावल,
धनगढी, जेठ २४ ÷ नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु हुनेमा एक जना डोल्पा जगदुल्लाका ५८ वर्षिया पुरुष हुन भने अर्की धनगढीकी ५५ वर्षिया महिला हुन्। यो सँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
देवकोटाका अनुसार डोल्पाका पुरुषको २१ गते मत्यु भएको हो। उनी दमका रोगी थिए। त्यसैगरी धनगढीकी महिलाको जेठ २३ गते सेती अस्पतालमा डायलसिस गराउने क्रममा मृत्यु भएको हो। यसैगरी पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण भएको छ।देवकोटाका अनुसार संक्रमित मध्ये २सय ८६ जना पुरुष र ३७ जना महिला छन्। यो सँगै कुल संक्रमितको संख्या संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा शनिवार फेरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार साझ कोरोना पुष्टि भएका सबैजना कैलालीका रहेका छन ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप चार जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । नयाँ संक्रमित चारै जना कैलालीको गौरीगंगा नगरपालिकाका हुन् ।उक्त नगरपालिकाका १६, १८, २७ र ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यसअघि आजै १३ जनामा कोरोना पुष्टि भएको थियो भने आज साँझ फेरि थप चार जनामा कोरोना पुष्टि भएको हो । यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या १०९ पुगेको छ ।सुदूरपश्चिम प्रदेशमा शनिवार फेरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार साझ कोरोना पुष्टि भएका सबैजना कैलालीका रहेका छन । सुदूरपश्चिममा कोरोनाको संक्रमण बढ्दै जाँदा यस क्षेत्रका जनतामा निकै त्रासको वातावरण सृजना हुन पुगेको छ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया