वीरेन्द्र रावल,
धनगढी, जेठ २४ ÷ सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका वडानम्बर ४ उत्तरवेहेडीकी चौधरी थरकी महिलाको सव जलाइएपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार विहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी तीं महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मृत्तक महिलाको शुक्रवार अस्पतालको डायलासिस वार्डमा मृत्यु भएको हो । आरडिटी चेक गर्नेक्रममा नेगेटिभ देखिएपछि मृत्तक महिलालाई आफन्तको जिम्मा लगाएको कुरा सेती प्रादेशिक अस्पतालका डाईलाईसिस सेन्टरका दिपक भटट्ले बताउनु भयो । मृत्तक महिलालाई मृत्यु भएलगत्तै आफन्तले अटोमा राखेर उत्तरवेहीस्थित उनको घरमा लगेका थिए । शुक्रबार दिनभरी पानी परेका कारण मृत्तककोृ दाहसंस्कार गरिएको थिएन । उनको शनिवार मात्रै मोहनामा नदीमा लगेर परम्परागत रुपले जलाएर दाहसंस्कार गरिएको थियो । दादह संस्कार गरेर आफन्त तथा गाउँलेहरु घर फिर्ता भएपछि मात्रै थ्रोट स्वावको रिपोर्ट पोजेटि अर्थात कोरोना पोजेटिभ आएको अस्पतालले बताएको थियो।
अस्पतालको रिपोर्ट पोजेटिभ आएपछि डाईलोसिस रुपमा अन्य तीन जना विरामी,सात स्वास्थ्यकर्मी र ३ जना कुरुवा देखि लिएर मलामी गएका ५० जना मानिसहरु यतिबेला आतंकित भएका छन् ।
मृत्तक महिलाका देवर लेखराम चौधरीले मृत्तकको सव जलार्य सकेपछि मात्र स्वाको रिपोट पोजेटिभ आएपछि आफुहरु निकै त्रासको वातावरण सृजना भउको बताउनु भएको थियो । मृत्तक महिलाको डाईलासिस अघि आरडिटी चेक गर्दा नेगेटिभ देखिदा आफन्तको बलमा परिवारलाई सब बुझाइएको र आफ्नो सुरक्षाका लागि स्वा संकलन गरिएको कुरा डाईलासिस प्रमूख दिपक भटट्ले बताउनु भयो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले लामोसमयदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित महिला पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका बताउनु भएको छ।
मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ। मृतक महिला यसअघि नेपालगञ्ज र काठमाडौँमा डायलासिस गराउँदै आएकी बुmिभएको छ । यस सँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ।
यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरसबाट बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको थियो।
भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको थियो। मृतककी आमामा समेत कोरोना संक्रमण पुष्टि भएको थियो। उनको बाजुरा अस्पतालको आईसोलेसनमा उपचार भइरहेको छ।
धनगढीमा शुक्रबार मृत्यु भएकी महिलाहरुको मलामी गएका मानिसहरुको खोजी गर्नका लागि र संक्रमण फैसलिन नदिनका लागि वडानम्बर ४ लाई सिल गरिएको कुरा वडानम्बर ४ का वडाअध्यक्ष दिपक थापाले बताउनु भएको छ ।
प्रतिक्रिया