प्रहरीे युनिटलाई मास्क र सेनिटाइजर वितरण

मनोज दाहाल २०७७ जेठ २४ गते १५:२८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२४ जेठ । नेपाल औषधी व्यवसायी संघ मोरङले सुरक्षामा खटिने प्रहरीलाई मेडिकल मास्क,सेनिटाइजर र पन्जा आज वितरण गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ मातहत रहेको चार वटा इलाका प्रहरी कार्यालय रहेका प्रहरीलाई संघले मास्क, सेनिटाइजर र पन्जा वितरण गरेको हो।

संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीलाई सेनिटाइजर, माक्स र पन्जा लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो।

उक्त स्वास्थ्य सामाग्री आफ्नो कार्य क्षेत्रका खट्ने प्रहरीलाई वितरण गरिने प्रमुख गिरीले बतपाउनु भयो।

यसअघि संघले इप्रका बेलबारी, रङ्गेली, उर्लाबारीमा सेनिटाइजर, माक्स र पन्जा वितरण गरिसकेको उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिनु भयो।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरानो भाइरसबाट बच्न जनताको सुरक्षामा खटिने प्रहरीलाई संघले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर समाजिक कार्य अनुरूप स्वास्थ्य सामाग्री प्रदान गरिएको उहाँले बताउनु भयो।

संघले केही दिन अगाडी मोरङको उर्लाबारी नगरपालिका– ७ स्थित नमूना बाल गृहमा रहेका बालवालिकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सामाग्री र खाद्य सामाग्री वितरण गरेको थियो भने बुढीगंगा गाउँपालिका र विराटनगरमा रहेको विराटेश्वर वृद्धाआश्रम रहेका जेष्ठ नागरिकहरूलाई दिर्घरोगका औषधी, भिटामिन, स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरिसकेको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया