मनोज दाहाल,
विराटनगर, २४ जेठ । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज यहाँ सामुदायिक भवन र मन्दिरको शिलान्यास गर्नु भएको छ।
प्रदेश निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजित रकमबाट विराटनगर –३ मा निर्माण हुन लागेको सिद्वेश्वर सेवा समाज मन्दिर र विराटनगर –१ स्थित विष्णुमाया पुस्तकालय सामुदायिक भवनको उहाँले शिलान्यास गर्नु भएको हो।
कोषबाट सामुदायिक भवनका लागि रु १५ लाख र मन्दिरका लागि रु १० लाख विनियोजन गरिएको छ।
पत्रकार
प्रतिक्रिया