मंगलबार, साउन २७ २०७७
काठमाडौं १५:१२
वासिङटन डिसी 05:27

क्यानडाका प्रधानमन्त्रीद्वारा संसदमा घुँडा टेकेर ‘ब्लाक लाइभ्स म्याटर’ आन्दोलनप्रति समर्थन

इनेप्लिज २०७७ जेठ २३ गते २३:३५ मा प्रकाशित

क्यानडाका प्रधानमन्त्रि जस्टिन ट्रुडुले संसदमा घुँडा टेकेर ‘ब्लाक लाइभ्स म्याटर’ आन्दोलनमा सहभागिता हुदै समर्थन गरेका छन् । उनले अन्तर्राष्ट्रिय मानव अधिकारको आन्दोलन ‘ब्लाक लाइभ्स म्याटर’ लाई सम्मान गरेका छन् ।

अमेरिकाको मिनेसोटामा अस्वेत जर्ज फ्लोईडलाई प्रहरी द्वारा बल प्रयोग गर्दा उनको मृत्यु भए पछि बिश्व ब्यापी रुपमा व्यापक बिरोध प्रदर्शनी भै रहेको अवस्थामा क्यानडामा पनि यसको व्यापक प्रदर्शन भए पछि ट्रुडोले आन्दोलनलाई समर्थन गरेका हुन् ।

उनले क्यानडाको ओटावा स्थित पार्लियामेन्ट हिल (संसद भवन)मा सहभागिता जनाएका हुन् । एक दिन अघि मात्र बिरोध प्रदर्शनमा टिप्पणी नगरेका प्रधान मन्त्रीले आखिर कालो मुखावरण लगाएका थिए ।

प्रधानमन्त्री ट्रुडो लाई सुरक्षाकर्मीहरुले सुरक्षा दिएका थिए । ट्रुडोले केही बोलेनन् तर कर्तल ध्वनि र केही वक्ताले बोल्दा टाउको हल्लाएका थिए ।

श्रोत :सिएनएन

 

प्रतिक्रिया