मेयर साहद्वारा विद्यालय भवनको शिलान्यास

सञ्जय साह मित्र २०७७ जेठ २३ गते २१:५५ मा प्रकाशित

प्रदेश २ को एकमात्र महिला मेयर रीनाकुमारी साहले आफ्नो मौलापुर नगरपालिकाको मर्यादपुरमा विद्यालय भवनको शिलान्यास गरेकी छन् । करिब चार करोडको लागतमा बन्ने माध्यमिक विद्यालय भवनको शिलान्यास गर्दै मेयर साहले विद्यालयको अभावमा विद्यार्थीलाई कैयौँ किलोमिटर हिँडेर जाने बाध्यता केही दिनपछि समाप्त हुने बताएकी छन्।

नेपाल सरकारको समपूरक र विशेष अनुदान गरी करिब चार करोड रुपैयाको लागतमा निर्माण हुने माध्यमिक विद्यालय भवन उचित समयमा निर्माण सम्पन्न हुने बताइएको छ।

गाउँमा माध्यमिक विद्यालय नै नभएको अवस्थामा भवन निर्माणसँगै माध्यमिक विद्यालय पनि हुने भएकोले स्थानीयबासी खुसी भएका छन्।

माध्यमिक तहसम्मको कक्षा सञ्चालनको अनुमति दिने तथा अन्य व्यवस्थापन गर्ने अधिकार पनि स्थानीय तहसँगै भएको हुनाले मौलापुर नगरपालिकाले माध्यमिक विद्यालयको लागि करोडाँैको लागतमा नयाँ भवन निर्माणको शिलान्यास गरेपछि यस क्षेत्रमै नयाँ उत्साहको सञ्चार भएको छ।

मौलापुर नगरपालिकामा दुईवटा माध्यमिक विद्यालय सञ्चालनमा रहेका छन् । कम्तीमा थप चारवटा माध्यमिक विद्यालयको आवश्यकता रहेको छ । मौलापुर र मर्यादपुरमा दुई वटा विद्यालयलाई माध्यमिक विद्यालय बनाउने प्रक्रियाको सुरुआत भइसकेको छ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया