जंगल नासेर जैविक विविधताको संरक्षण सम्भव छैन

वीरेन्द्र रावल २०७७ जेठ २३ गते २१:३५ मा प्रकाशित

वीरेन्द्र रावल,

जून ५ (जेठ २३र )अर्थात विश्व वातावरण दिवस आज परेपनि विश्व कोरोना कहरले आतंकित भैरहेका बेला सडकमा देखिने र्याली,सभा समारोह र गोष्ठीहरु भने देखिएनन्।

नेपालमा विगतका बर्षहरुमा सरकारी संघ ,संस्थादेखि लिएर सरोकारवाला निकायले बडो ताम झामका साथ सडकमा र्याली,सभा र गोष्ठीमा वातावरण संरक्षणका चर्का नारा लगाउने गरेको पाईन्थ्यो । यसपालिको वातावरण दिवस कोरोना कहरका कारण अधिकांश देशहरु जस्तै नेपालमा पनि औपचारिक रुपमा मनाएको पाइएन । यसपालिको वातावरण दिवसको नारा सुरक्षित भविश्यका लागि जैविक विविधता भन्ने लकायम गरिएको थियो । विश्वका कतिपय देशहरु जसले आफ्नो प्राकृतिक साधन र स्रोतको दोहोन गरिसकेका छन् तीं देशहरुको हकमा भने बोट विरुवा रोप्नु,हरियाली बढाउनुलाई बडो महत्वका साथ हेरिने गरेको भएता पनि नेपालको सन्दर्भमा भने त्यसलाई अपवादको रुपमा परिणत गर्ने कार्य नेपाल सरकारको नीतिले नै पारिसकेको छ।

सरकारले एकातीर वृक्षा रोपण गरों,हरियाली बढाऔं जैविक विविधताको संरक्षण गरौं भन्ने नारा अगाडी सारेको पाईन्छ भने अर्कोतीर तराईको घना जंगललाई वैज्ञानिक बनका नाममा प्लटिङ गरेर समृद्धिका लागि बन भन्ने नारा दिएर जनताको आँखामा छारो हालेर जैविक विविधताको नष्ट गर्ने कार्य गरिरहेको पाइएको छ । सरकार नीतिगतले नीतिगत रुपमा वैज्ञानिक वनका नाममा वन माफियालाई पोष्ने कार्य मात्र भएको छ।

नेपालमा सबै भन्दा बढी वन क्षेत्र भएको कैलाली जिल्लामा वैज्ञानिक बन कार्यक्रमका नाममा व्यापक रुपले हरिया साल,सल्ला,हल्दु र अस्ना जातका रुखहरु सर्व कटान गरेर बन्य जीव जन्तुको बासस्थाननै संकटमा पार्ने कार्यहरु भैरहेको छ । बन माफिया र तस्करको योजनामा समृद्धिका लागि बन भनेर नीति तथा कार्यक्रम ल्याउने र बन जंगलको सर्व कटान गर्ने अनि जून ५ को नारा – सुरक्षित भविश्यका लागि जैविक विविधता भन्ने नारा दिंदा सरकारलेनै स्वयंलाई गिज्याई रहेको छ । यो नारा नेपालको मात्र नभएर जून ५ लाई मनाउने सबै देशहरुको साझा नारा हो र हुन सक्दछ पनि तर नेपालको सन्दर्भमा भने त्यो नाराले स्वयं नेपाल सरकारको नै बदनाम गराईरहेको छ । नेपालले कार्वन उत्सर्जनको समस्यालाई न्यूनिकरण गर्ने र अक्सीजनलाई बढाउने कार्य गरेवापत जून रकम लिईरहेको छ यस प्रकारको गतिविधीको यदि साँचो अर्थमा अन्तरारष्ट्रिय स्तरमा पुग्यो भने त्यसको सन्देश कदापी राम्रो जानेवाला छैन।

कैलाली र कञ्चनपुर जिल्लाको सिरान र मध्यवर्ति क्षेत्र भएर फैलिएका महत्वका जैविक मार्गहरु वसन्ता कोरिडोर देखि लिएर लालझाडी क्षेत्रमा समेत वैज्ञानिक वनका नाममा व्यापक रुपले वातावरण विनास गर्ने कार्यहरु भैरहेको छ। कैलालीकोपूर्वी कर्णाली चिसापानी देखि पश्चिम कञ्चनपुर जिल्लाको लालझाडी षेत्र सम्म फैलिएको हात्ती र बाघको बिचरण गर्ने जैविक मार्गमा अतिक्रमण देखि लिएर वैज्ञानिक वन बनाएर जैविक मार्गलाएै समेत प्लटमा परिणत गरि काँडेतारबार लगाउँदा त्यहाँको जैविक विविधता र जंगली जनावरको बासस्थानमा असर पुग्छकी नाई भन्ने कुराको सामान्यपनि नजरअन्दाज नगरिकन नेपालका वन माफियाको योजनामा नेपालको वन मन्त्रालय,वन विभाग र वन तथा वातावरण मन्त्रालय देखि लिएर जिल्ला तहसम्मका सरकार र प्रतिपक्षका कमाउ धन्धामा लागेका पार्टीका नेता कार्यकर्ताहरुका कारण सरकारले समृद्धिका लागि वन कार्यक्रम ल्याएको देखिन्छ।

तराईको घमना जंगल जहाँ बाघ, भालु,हात्ती लगायतका जंगली जनावरहरु सहजै बास बसन सक्दथे त्यो जंगलमा फायरलाईन बनाउने, काँडे तारवार लगाएर माउ रुख राख्ने र बाँकी रुखहरु सर्वकटान गर्ने भन्न वैज्ञानिक वनको अवधारणाले जंगली जनावरलाई पूर्णरुपले विस्थापित गर्ने कार्य बाहेक अरु केहि पनि हुन सक्दैन।

जंगलमा रहेका ढलापडा काठ संकलन गर्ने र लिलाम प्रकृयामा लैजाने भनेर ५ सय देखि १ हजार क्यूफिटको कार्ययोजना बनाएर वन डिभिजन कार्यालयमा पुग्ने सामुदायिक वनका पदाधिकारीहरुलाई वन कर्मचारीले निरुत्साहित बनाउने,फायल फिर्ता गरिदिने, आलटाल गर्ने तर वैज्ञानिक वन बनाएर ठूलो संख्यामा रुखहरु कटानी गर्नुपर्ने कार्ययोजना बनाएर आउनेलाई सोझै आँखा चिम्लेर कार्ययोजना स्वीकृत गर्ने कार्यहरु कैलाली कञ्चनपुर जिल्लामा भैरहेको छ।

एउटा सालको विरुवा पूर्ण रुपले रुख बन्नका लागि ८० बर्ष लाग्ने र चक्रेक्रम अनुसार हाल रुख कटान हुने स्थानमा विरुवाहरु पुर्नउत्पादन भएर ८० बर्षपछि रुख बन्ने छ , वन जोगिन्छ भन्ने तर्कहरुलाई अगाडी सारेर विभिन्न स्थानमा किर्ते उपभोक्ताहरु खडा गरेर जनताको साथ समर्थन विनानै कैलाली जिल्लामा हरिया सालका रुखहरु धमाधम कटानी भएका छन् । कैलाली जिलामा ६२ वटा वनका कार्ययोजनाहरु पास भएर अधिकाँश वनहरुमा चैत्र देखि जेठ महिना भित्र ठूलो संख्यामा काठहरु अन्धाधुन्ध तरिकाले कटानी भएका छन।

तराईका फाँटमा मात्र नभएर कमलो पहाडको रुपमा लिईने चुरे क्षेत्रमा समेत सल्लाका रुखहरु कटान गर्ने कार्यहरु भएका छन् । गत बर्ष मात्रै कैलाली जिल्लाको चुरे गाउँपालिकाका विभिन्न ५ वटा वन क्षेत्रमा वैज्ञानिक वनका नाममा चुुरेमा रुखहरु कमटानी भएका थिए । चुरे क्षेत्रको हरियाली नासेर तराईको उर्वरा भूमिलाई मरुभूमिमा परिणत गर्ने र जनताको भविश्यमाथी खेलवाड गर्ने देखि वातावरणीय समसया सृजना गर्ने कार्यलाई रोक्नेतर्फ सरकार जिम्मेवारनै बन्न सकेन।

चुरे क्षेत्रमा कुनै पनि प्रकारको दोहोन,उत्खनन लगायतका कार्यहरु चुर मधेस राष्ट्रपति कार्यक्रमको नीति भन्दा बाहिर अवैधानिक कार्यहुने र त्यसो गर्न नपाइने भनेर बकाईदा नियमनै बनाएको अवस्थामा समृद्धिका लागि वैज्ञानिक वन भन्ने नीतिमा टेकेर सोही नीतिको धज्जी उडाएर चुरे जस्तो संवेदनशील क्षेत्रमा वैज्ञानिक वन बनाउने कार्यमा स्वयं वन कर्मचारीहरुलेनै पक्षपोष गर्ने कार्यहरु भैरहेको छ।

चुरे जस्तो भीरालो जमिनमा वैज्ञानिक पवन बनाउँदा कटान हुने रुखहरु ढुवानी गर्नका लागि चुरेमा एक्जाभेटर,डोजर र शक्तिमान ट्रकको प्रयोग गरिने भएका कारण एक रुख ल्याउनका लागि मात्र पनि सयौं रुखको क्षेत्रफलको जमिन चीरा पर्ने र त्यहि स्थानमा बर्षातको समयमा पहिरो जाने खतरा बढ्दै जानाले चुरेको भीरालो क्षेत्रबाट पहिरो जाने र भु–क्षय हुने हुनाले पनि चुरेमा वैज्ञानिक बन बनाउने कार्य नितान्त अवैज्ञानिक छ।तराईको अस्तित्व समेत संकटमा पार्ने यो कार्य कदापी स्वीकार्य हुन सक्दैन ।आम कैलाली कञ्चनपुर जिल्लाका उपभोक्ता देखि लिएर सचेत नागरिकहरुले चुरे क्षेत्रमा र तल्लो तटिय क्षेत्रमा वैज्ञानिक वन बनाउने कार्य तत्काल रोक्नु पर्ने आवाजहरु उठाइरहेका छन्।

कैलाली कञ्चनुर जिल्लाको हरियो वन नासेर मात्र रोजगारीको सृजना हुने होईन । बर्षेनी करोडौंको संख्यामा खेर गैरहेको र आगलागीले नष्ट हुने जंगलको जडिबुटी संकलन गर्ने र प्रशोधन गरेर त्यसलाई बजारिकरण गर्ने कार्य नगरेर जंगलका हरिया रुखहरुमाथी गिद्धे दृष्टि लगाउने वन माफियाका कारण नेपालको बन क्षेत्र विनासको चेपटामा पर्दै जान पुगकोमा कसैको पनि दुईमत नहोला। जहाँ सम्म जंगलमा रहेका ढला,पडा,सख्खा खडा रुखहरु छन तींनलाई सहजै संकलन गर्ने र ईबिडिङ मार्फत बिक्री वितरण गर्ने र जनताका लागि आवश्यक पर्ने काठलाई आपुर्ति गरेर मात्र बिक्री वितरण गर्ने कार्य गर्ने हो भने नेपालको हरियो बन पनि विनास हुनेवाला छैन भने अर्कोतर्फ रोजगारको सृजना,राजश्वको संकलन देखि लिएर विदेशबाट आयात हुने काठ,झ्याल ढोकामा प्रयोग हुने आल्मुनियमको पातामा पनि कटौति हुने बलियो सम्भावना अताजै छ।तापनि नीति निर्माताहरु देखि लिएर वन बिज्ञहरुले रातारात करोडौं कमाउने जून गलत मनशायका कारण हरिया साल,सल्ला,अस्ना लगायतका रुखहरुमाथी धावा बोल्ने कार्य जो भैरहेको छ त्यो नितान्त अवैज्ञानिक कार्य हो । प्रकृतिको सौन्दर्यता रुख बोट विरुवाले मात्र कायम राख्ने भएकाले प्रकृतिको बिनासलाई तत्काल रोक्ने पृथ्वीमा बढ्दो वातावरणीय समस्यालाई कम गर्ने दिसामा सबैको पहल कदमी हुन जरुरी देखिन्छ । वातावरण संरक्षण विना मानव अस्तित्व समेत संकटमा पर्ने खतरालाई राज्यले गम्भीरता पूर्वक ध्यान दिन जरुरी छ।

लेखक : युगअस्त्र दैनिकका सम्पादक तथा चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च कैलालीका अध्यक्ष हुन।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया