साप्ताहिक राशिफल: कुन राशिका लागि कति शुभ ?

इनेप्लिज २०७७ जेठ २३ गते २१:१७ मा प्रकाशित

 

मेष
परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ।
वृष
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ।

मिथुन
आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । सकारात्मक सोच बढ्ने छ । तपाईंको चिन्तन र उपायले काम गर्नसक्छ।

कर्कट
यो साता मध्यम छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले काममा असर पर्नसक्छ।

सिंह
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । जागिरेमा बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् ।

कन्या
एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ ।

तुला
सामान्यतया यो साता मध्यम छ। अध्यनमा बाधा आउला। ब्यापारमा केही नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ।

वृश्चिक
शत्रुपक्ष कमजोर हुने छन् । समाजिक क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ ।

धनु
आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा फाइदा हुने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ।

मकर
साताको सुरूका दिनहरू प्रतिकुल छ्न्। स्वास्थ्यमा समस्या आउन सक्छ । सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ।

कुम्भ
प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ।

मीन
वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ ।

पूरा राशिफल भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया