रौतहटको गढीमाई नगरपालिकाले क्वारेन्टाइनमा रहेकालाई फरक किसिमले व्यवस्थापन गरेको छ । अन्य स्थानीय तहमा खानाको किचलो सुनिने गरिएको भए पनि गढीमाई नगरपालिकामा बसेकालाई होटलको खाना उपलब्ध गराइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी गराएका छन् ।
नगरपालिकाले व्यवस्थापन गरेको विभिन्न दुई क्वारेन्टाइनमा बसेकालाई होटलको खाना उपलब्ध गराइरहेको यादवको भनाइ छ।
नगरपालिकाको समनपुर, धर्मपुर, मलाही, गम्हरिया र संग्रामपुरमा क्वारेन्टाइन संचालनमा रहेका छन्।क्वारेन्टाइनमा तीन सय १६ जना रहेका छन् नगरपालिकाले समनपुर र संग्रामपुरको क्वारेन्टाइनमा रहेकालाई होटलको खाना उपलब्ध गराएको हो।
अन्य स्थानको क्वारेन्टाइनमा रहेकालाई होटलको खाना व्यवस्थापन सहज नभएकोले पकाउने मानिस राखेर सबैलाई खाना उपलब्ध गराइँदै छ । गढीमाई नगरपालिकामा अहिलेसम्म क्वारेन्टाइन व्यवस्थापनमा कुनै किसिमको समस्या नआएको प्रमुख यादवको भनाइ छ।
क्वारेन्टाइनमा दिनुपर्ने सुविधालाई नगरपालिकाले समयमै र गुणस्तरीय किसिमले पु¥याइरहेको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले बताएका छन् । मेयर यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृत र आफूले निरन्तर क्वारेन्टाइनको अनुगमन गरिरहेकोले क्वारेन्टाइनमा बसेकाहरुको जायज आवश्यकता समयमै पूरा गरिरहेको पनि बताएका छन् ।
प्रतिक्रिया