अमेरिका आए पछि जे कुरा पनि जान्दछु किन भन्नु पर्दछ ?

विजय थापा २०७७ जेठ २३ गते १:३० मा प्रकाशित

 

अमेरिका आफू र परिवारको सुखको लागि होमिने देश हो । अमेरिकामा मुखमा माड लगाउन काममा जोतिनै पर्छ  । काम नगरी अमेरिकामा बाच्न सकिने अवस्था हुदैन । अमेरिकामा अवसर जहाँ पनि जुनसुकै अवस्थामा पनि पाईन्छ । जे पनि गर्छु भन्ने मानिस यहाँ माथि पुग्दछन ।

अमेरिका आएका मानिस यो जान्दिन र यो गरेको छैन भन्ने मानिस सदैब पछाडी पर्दछन । आफुले नेपालमा गरेको छैन । र जानेको छैन भन्ने शब्दलाई फिर्ता लिई एक पटक सिक्ने प्रयत्न गर्ने छु भन्यो भने मात्र अमेरिकामा मानिस टिक्न सक्दछ ।

अमेरिकामा सम्झौता गर्न सक्ने मानिस सगरमाथामा पुग्दछ । ठुलो कुरा गर्ने र नेपालमा भएको हैसियतमा बाच्न खोज्ने ओरालो लाग्दछन । हामि अमेरिकामा समाज सेवा गर्न आएका हैनौ ।

गर्जो टार्न पाखुरी चलाउन मजबुर हुनै पर्छ । गुजारा चलाउन यो र त्यो भन्ने गरिदैन । अमेरिकामा कामसंग मतलब भएकोले काम भयो भने अरु के केही चाहिदैन । भाषा ,शीप,पढाई र अन्य अनुभव भएकालाई अमेरिकामा सरल हुन् हुन्छ । तर नेपालको पद्धतिमा काम गरेकालाई अमेरिकामा कठिन हुन्छ ।

अमेरिका भासिएकालाई यहाको पद्धति बारे ज्ञान हुन्छ । तर भर्खर अमेरिका आएका केहीलाई भाषा,शीप,ज्ञान भएता त्यस्ता चिजहरु आफु संग नहुदा अलिक प्रारम्भिक चरणमा गाह्रो हुन् सक्छ । तर अबका नेपालीहरु त्यसमा पनि अमेरिका आउने मानिसहरु निकै दक्ष हुन्छन ।

अमेरिकामा कसैले पनि कसै संग तुलना गर्नु हुदैन । तुलना गरे स्वयम् ले रोग निम्त्याएको जस्तै हुन्छ । अरुले कमाएको डाहा तथा रिस गरे आफुलाई नै त्यो रोगले भित्र भित्रै खाई दिन्छ ।

अमेरिका आएका नेपालीले सानो देखि अति सानो सम्म काम गरेका छन् । अमेरिकामा आए पछि जे पनि र जस्तो पनि काम गर्नु पर्छ भन्ने मनमा लिएर काम गर्दछन । जे पनि गर्छु भन्ने मानिस अहिले अमेरिका कै ठुला ठुला पदमा पुगेका नेपाली छन्  । म यो काम गर्छु र पर्खेर भए पनि राम्रो काम खोज्छु भन्ने मानिस धेरै पछाडी परि टाउकोमा हात राख्ने अवस्थाबाट गुज्रेका छन् ।

अमेरिकामा आफूले गरि रहेको या त्यस्तै प्रकारको या प्रवृतिको काम काम खोज्दा आर्थिक बोझ बढ्ने पनि हुन्छ । धेरै समय लाग्ने र युग बित्ने हुदा मानिसले वर्तमान अवस्थामा बिबिध खर्च धान्न जे पनि काम गर्न सम्झौता गर्ने गर्छन ।

जस्तो पनि काम गर्ने सोच्यो भने काम पाउदछन । एक पटक काममा छिरे पछि बिस्तारै त्यस्तै काम खोज्दा पाइन्छ । तर धैर्यता चाहिन्छ । आफुले खोजेको जस्तो काम गर्नलाई भाग्यले पनि साथ दिनु पर्छ । लामो समय अवधि पनि पर्खनु पर्ने हुन् सक्दछ ।  नत्र बेरोजगारी भै यत्रो समयावधि काम गरेको रहेनछ भनि छैन पटक पटक तिरस्कृत हुनु पर्छ ।

किनभने अमेरिकामा पढेका ५ जना मध्ये २ जनाले मात्र पढे अनुसारको काम पाउने देखिएकोले नेपालबाट आएकाले धन्न हामीले काम पाएका छौ भन्ने तर्फ सोच्नु नै उत्तम हुने छ । अमेरिका जे पनि काम गर्छु ,जान्दछु ,कोसिस गर्छु ,कस्तो काम एक पटक हेरौ त भन्ने मानिस सदैब सफलता हासिल गर्दछन ।

नेपालमा काम गरेको छैन ,जान्दिन ,सिकेको छैन ,आउदैन भन्ने शब्द अमेरिकामा निकाले सदैब पछाडी को पछाडी नै हुने निश्चित छ ।

तर अमेरिका आएकाले त्यसो भन्दैनन् । तर यस्तो सोच्ने समुदाय सदस्यको कमि पनि छैन । अन्त्यमा काम नपाए पछि बाध्य भै जस्तो पनि काम गर्न पछि हट्दैनन् । अमेरिकामा यस्तो जिद र हठ गर्ने मानिसले दुख पाउदछ ।

अमेरिका कोहि पनि दुख गर्न आएका हुदैनन् । सबै सुख प्राप्त गर्न आएका हुन्छन । तर दुख नगरी सुख कहाँ पाईन्छ ? त्यो गर्न सम्झौता गर्ने पर्छ । अनि हामी सम्झौता गर्दछौ । यहि हो यथार्थता अमेरिकाको ।

अब अमेरिकामा आफु र परिवार को जीवन सुखमय बनाउने हो भने कुन शब्द पर्योग गर्दा उभो लगिन्छ त्यहि नै गर्ने हो कि ? अमेरिका आए पछि जे कुरा पनि जान्दछु भनियो भने फलिफाप नै फलिफाप !

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया