अमेरिकाको काले दाई र नेपालको कामी भाई

नबिन बिक / गोन्जाउ २०७७ जेठ २२ गते २२:३८ मा प्रकाशित

नबिन बिक । गोन्जाउ, चीन। लगभग हप्ता दिनको फरकमा नेपाल र अमेरिकामा लगभग उस्तै उस्तै एउटै प्रबृतिको घटना घट्यो । अमेरीकामा घटेको घटनामा एक अस्वेत समूदायको निःशस्त्र नागरिक जर्ज फ्लोईड प्रहरीको नियन्त्रणमै हतकडी लगाएर बिच सडकमा सबैको सामु गोरा प्रहरीद्वारा घुँडाले जर्जको घाँटीमा ८ मिनेट सम्म थिचेर मारिए । अमेरिकामा रंगको आधारमा गरिने भेदभाव गैरकानुनी कार्य हो । नेपालमा छुवाछुत जस्तै,तर पनि बिभिन्न बेलामा राज्यबाटै अस्वेतसमुदायको नागरिक माथी रंगभेदी अत्याचार,अन्याय र हिंसा भईनै रहन्छ। काला समुदायको अमेरिकामा ठुलो योगदान छ जसरी कथित दलित समुदायको नेपालमा । परापुर्ब कालमा तिनीहरुको पुर्खालाई बल प्रयोग हुने काम गराउन दासको रुपमा अफ्रीकाबाट अमेरिका लगिएको थियो । उनीहरुले त्यहा धेरै पसीना र रगत बहाएगा छन । धेरै अप्ठेरो काम गर्दै गर्दा आफ्नो प्राण पनी त्यागेका छन । उनीहरुलाई जनावार जसरी बाँधेर राखिन्थ्यो । बिक्री पनि गरिन्थ्यो । जब अब्राम लिंकन अमेरिकाको १६ औ राष्ट्रपति भए उनले तब १८६५ डिसेम्बर ६ मा सम्पूर्ण कालाहरुलाई दास प्रथाबाट मुक्त गरे । दास बनाएर राख्न कानुनी रुपमै बर्जित गरे। दास प्रथा उन्मुलन भएको पनि १५५ बर्ष भईसक्यो तर पनी गोराहरुको व्हाईट सुप्रिमेसी white supremacy अझै हावी छ, जसरी जनै Supremacy नेपालमा हावी छ।

हुन त म पनि तपाईहरु जस्तै जातभात मान्दिन । जुनसुकै घटनालाई पनि जातकै नाम दिएर उचाल्न चाहन्न तर रुकुमको घटनामा सामाजिक संजालमा जति पनि श्रब्यदृश्य सहितको समाचारहरु आए । जति पनि छानबीनमा सहभागी भएका छानबीन टोलिका सदस्यहरुले टिभीमा बोले र बिभिन्न समाचार माध्यमबाट सुनियो । प्रत्यक्ष दर्शीहरुको भनाई सुनियो र हेरीयो । यी सबैकुराबाट म के निष्कर्षमा पुग्न बाध्यभए भने यो घटना ९०% प्रतिशत जातिय भेदभावको कारणले गर्दा र केवल १०% मात्रै आबेगमा आएर घटाईएको सुनियोजित घटना थियो भन्ने कुरामा कुनै दुईमत रहेन । त्यहा बिक मात्रै मारिएका थिएन शाही पनि मारिएका थिए भनेर कुतर्क गर्नेहरु, मकै पिसिदा घुन पनि पिसिएको तितो सत्यलाई कसैले लुकाएर पनि लुक्न सक्दैन । हामीलाई ढाँटे पनि तिमी आफैले आफुलाई कसरी ढाँट्छौ ?

जर्ज फ्लोईड आपराधिक गतिबिधिमा संलग्न भएको एक क्रिमिनल ब्याकराउन्डका ब्यक्ति हुन । उनी एक महिलाको घरमा गएर महिलालाई पेटमा बन्दुक तेर्स्याएर गहना र फोन लुटेको केसमा पाँच बर्ष जेल बसिसकेका ब्यक्ति हुन । बारम्बार जेल गईसकेका ब्यक्ति हुन । तर पनि एक मानब अमानबिय तवरले मारिन्छ भने त्यो ब्यक्ती अस्वेत किन नहोस । अपराधी नै किन नहोस उसको पक्षमा पुरा अमेरिकी नागरिकहरुले आवाज उठाएका छन । तर नेपालमा स्वच्छ छबि भएका,देशको सेवा गर्नको लागि प्रहरीमा लिखितमा नाम निकाली सकेका नवराज बिकलाई नावालीग केटी भगाउन वा अपहरण गर्न जाने उछृंखल समुहलाई नमारेर ज्वाँईसाप छोरी लैजानुस भनेर खुट्टा ढोग्नु त ? भनेर कुतर्क गर्ने भद्र भलादमी देख्दा तिनीहरुले पढेको डिग्री र पाएको ज्ञान प्रति दया जागेर आउछ ,धिक्कार लाग्छ ।

गोराहरुको व्हाईट सुप्रिमेसी white supremacy अझै हावी छ, जसरी जनै Supremacy नेपालमा हावी छ।

अमेरिकीहरुले राम्रोसंग बुझेका छन की आज जर्ज यसरी मारिदा भोली हामी पनी यस्तै घटनाको शिकार हुन सकिन्छ । उनीहरु बुढी मरी भन्दा पनि काल पल्केला भन्ने कुरामा सचेत छन। आज अमेरिकामा काला भन्दा गोराहरु बढी रंगभेदी भेदभावको बिरुद्दमा सहभागी भएका छन । तर नेपालमा यो जातिय र अमानबिय क्रुर हत्याको बिरुद्दमा गैरदलित समुदाय अन्धों र बैरो भएर मौन ब्रत बसेको छन।

अमेरिकामा रंगको आधारमा गरिने भेदभाव गैरकानुनी कार्य हो

नेपालको कानुन अनुसार मान्छे मार्नेलाई त मार्न पाईदैन भने केवल आफ्नो प्रेमिकालाई माया गरेको निहुँमा कसरी मार्न पाईन्छ ? अहिले नाबालिग केटीलाई अपहरण गर्न खोजेको थियो । जबरजस्ती गर्न खोजेको थियो भनेर निराधार आरोप लगाउने सज्जनहरुलाई मेरो प्रश्न छ । जब सुष्मा बारम्बार आफ्नो प्रेमी नवराज बिकको घरमा गएर एउटै ओछ्यान गरेर ४-५ दिन बसेर आउदा यो समाजको भद्र भलादमी कहा थिए ?

नेपालको कानुन अनुसार मान्छे मार्नेलाई त मार्न पाईदैन भने केवल आफ्नो प्रेमिकालाई माया गरेको निहुँमा कसरी मार्न पाईन्छ ?

शुष्माको आमा बाबु कहा थिए ? प्रहरी प्रशासन कहा थियो ? छ केही जवाफ ? यहा नाबालिगको कारण देखाएर हत्या जायज र आवस्यक थियो भन्ने पापी र अपराधी मानसिकताको पनी कमी देखिएन । तर त्यही नाबालिग सुष्माको बाउ आमाले स्वजातीय केटासंग जबरजस्ती बिहे गर्न खोजी दिदा चै ठीक हुने? त्यो बेलामा चै नाबालिग नहुने? त्यो चै कानुन सम्मत हुने?

नेपालको तराई लगाएत सुदुर पश्चिम क्षेत्रमा अझै पनि हामी लाई गैर कानुनी र अचम्म लाग्ने बालबिबाह र नाबालिग बिबाह जायज हुन्छन । हामीलाई अचम्म लाग्ने महाभारतमा पढेको द्रोपति को जस्तै भूमिका निभाउने केही जातिका महिलाहरुको भुमीका ( घरका ३-४ जना दाजु भाईले एउटै महिलासंग बिहे गर्ने परम्परा) पनि त्यो समाजको लागी जायज ठहरिन्छन । यहा जात र धर्म मिल्यो भने कुनै बालिग र नाबालिकको कुरो उठदैन तर नमिल्दा कानुन खोजिन्छ । प्रशासन खोजीन्छ, बालिग र नाबालिगको कुरा गर्नेहरु त्यो ठाउमा गएर हेर र सोध त्यहाका कति प्रतिशत जनसंख्याको नाबालिगमै बिबाह हुन्छ? त्यो ठाउमा १७-१८ बर्षमा बिहे गर्नु सामान्य रुपमा लिईन्छ। नवराज र शुष्मा मात्रै यस्ता पहिला जोडी थिएनन जस्ले नाबालिगमै बिहे गर्न खोजे।

छिन भरमै तेत्रा ६०-७० जना लाई फोन गरेर जम्मा पार्न सक्नेले त्यही नजिकैको प्रहरीलाई फोन गरेर सहयोग माग्न सक्दैनथे ? तर उसलाई पक्रिन पर्ने कारण पनि त थिएन । कसैको घरमा पसेको थिएन । कसैको छोरी चेली समातेको पनि थिएन । उ त केवल बाटोमा हिडिरहेको थियो । साथीहरु ! तपाईहरु त्यो रुकुमको घटना हो ।

नवराज र शुष्मा मात्रै यस्ता पहिला जोडी थिएनन जस्ले नाबालिगमै बिहे गर्न खोजे।

त्यै पनि कामी केटा त मारेका हुन नि । हामीलाई के मतलब भनेर कानमा तेल हालेर र आँखामा पट्टी बाँधेर मौन ब्रत नबस्नुस । यो घटनाको दोषीलाई कार्वाही गरिएन र सबैले आवाज उठाईएन भने,समाजमा यो एउटा नजीर बस्छ । नराम्रो र अपराधिक प्रबृतिको संस्थापन हुन्छ । भोली यो रोग फैलिएर तपाई हामी सबै यसको भुंग्रोमा पर्ने छौ । अमेरिका जसरी जब चीन कोरनाबाट आक्रान्त थियो । पिडित थियो ,हजारौ मानिस मरे । लाखौ संक्रमित भएका थिए तब अमेरिका चाईनालाई सान्त्वना र सहयोगको हात बढाउनुको सट्टा खिसिटिउरी गर्दै बस्यो । उस्ले सपनामा पनि सोचेको थिएन कि दशौ हजार माईल टाढा अमेरिका पनि कुनै दिन त्यै चाईनाबाट घुम्दै फिर्दै आईपुगेको कोरोनाको चपेटामा पर्नेछ । र लाखौ मान्छे मर्नेछन । चीनमा जम्मा ४६०० मात्रै मरे भने अमेरिकामा मृतकको संख्या एकलाख नाघिसक्यो । अमेरिकाको दभ्भ र घमन्डले उ अहिले नाजुक र खोक्रो भैसकेको छ। तपाईहरु पनी घमण्ड छोड्नुस र सत्यको लागी लडन साथ दिनुस । सामाजिक समस्या र अपराधलाई कहिले पनि सानो र हल्का रुपमा लिनु हुदैन।

कुनै पनि धर्मशास्त्रले जातको आधार मा सानो ठुलो भनेको छैन । जसलाई यो समाजले अछुत भन्छ । तिनको उत्पति भगवानको पाउँबाट भएको कथा छ।हामी किन भगवानको पाउँ ढोग्छौ? जहा हामी आफ्नौ शिर टेकाउछौ त्यो ठाउ अपबित्र कसरी हुन्छ । जहाँबाट कथित अछुतको जन्म भयो त्यो ठाउँ चै पबित्र कसरी भयो र ढोग्छौ ? त्यै पाउँ बाट निस्किएका सन्तान अछुत कसरी भए ?

कुनै पनि धर्मशास्त्रले जातको आधार मा सानो ठुलो भनेको छैन 

किन हामीले भगवान वा आफुलाई जन्म दिने माता-पिता को पाउँमा ढोक्छौ? किन सिर ढोग्दैनौ ? श्रीमतीले किन खुटा ढोग्छन? ज्वाईको किन खुट्टाको पानी पिउछौ? मुख पबित्र रहिछ त मुख कु्ल्ला गरेर त्यै मुखकै पानी पिए भैहाल्यो नी, त्यसैले यो सब मिथ्या हो । झुठ हो । यहा कोही रंगको आधारमा र जातको आधारमा ठुलो र सानो वा उच निच हुदैन । मानिस केवल आफ्नो सोचाई ,ब्यबहार, कर्मले मात्र ठुलो र सानो हुन्छ।

कति राम्रो छ यो देश, हिमाल पहाड तराई
सबै जना मिली बसौ, कोही छैन यहाँ पराई
मानब मानब सबै एकैहुन,के कामी के दमाइ
समृद्धिको शिखर चुम्नु पर्छ,हातमा हात समाई!
समृद्धिको शिखर चुम्नु पर्छ,हातमा हात समाई !!

-जय मातृभूमि

लेखक NAVIN BK चीनबाट एनआरएनएको केन्द्रीय सदस्य तथा भ्रष्टचार बिरुद्दको सामाजिक अभियान्ता पनि हुन)

प्रतिक्रिया