प्रदेश नं.१ बाट ३० जना कोभिड–१९ सङक्रमितहरु निको भै घरफर्के

मनोज दाहाल २०७७ जेठ २२ गते २१:४२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २२ जेठ ।प्रदेश नं.१ बाट आज ३० जना कोभिड–१९ सङक्रमितहरु निको भै घर फर्केका छन्।

कोशी अस्पताल (कोभिड –१९) उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (कोभिड –१९ )मा रहेका तीन जना निको भै घर फर्केका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।निको भै घर फर्केनेहरुको सङख्या आजसम्म ७८ पुगेको छ।

विराटनगर केन्द्रबाट आज निको भै घरफर्केनेहरुहरुमा चार जना महिला, एक सञ्चारकर्मी सहित २७ जना रहेका छन् । विराटनगरबाट घर फर्केने पूर्व सङक्रमितहरु गत वैशाख ५ गते देखि जेठ ९ गते सम्म उपचारका लागि केन्द्रमा भर्ना भएका थिए।

गत वैशाख ५ गते केन्द्रमा भर्ना भएका विराटनगर १७ का ५७ वर्षीय कासिम मियाँलाई उदयपुरको भुल्केमा सङक्रक्रमण भएको थियो । यसैगसरी गत जेठ ९ गते भर्ना भएर डिस्चार्ज हुनेमा मोरङ रतुवामाईका ३६ वर्षीय जफार मियाँ रहनु भएको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर वस्नेतले बताउनुभयो।

विराटनगर केन्द्रबाट आज निको हुनेहरुमा सप्तरीका रामदुल्ला मियाँ, रवनकुमार साह, उदयपुरका मोहम्मद सविर अलि, कविरा खातुन, राकेश नेपाली, विराटनगरका आनन्दकुमार मेहतर, रिङ्कु सहनी, धनकुटाकी शिला लिम्वु, गणेश बुढाथोकी, बादल गनगाई, मोरंग रतुवामाईका मुमताज आलम, झापा कचनकवलका मुसाफिक आलम, तयव आलम, नुर आलम, सहवाज मियाँ, सनवाज मियाँ, फिरदोज आलम, इम्तियाज आलम, सुनसरीका गोविन्द चौधरी, विमल रेग्मी, अरविन्द श्रेष्ठ, निहाङ राई, मोरंग पथरीशनिश्चरेका रमेश कार्की, खोटाङका दिपेन्द्र राई, सङ्खुवासभाका निशा थापामगर रहेका छन्।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले आगामी दिनमा चिकित्सकको समूह गठन गरी उनीहरुको निर्देशन अनुसार उपचार कार्य शुरु गर्ने जानकारी दिनु भयो।

उहाँले पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको शिक्षण अस्पतालमा दुई शैय्याको उपचार केन्द्र आजदेखि सञ्चालनमा ल्याएको बताउदै केही दिनभित्र मेची अस्पतालमा थप दुई शैय्याका केन्द्र स्थापना गर्ने बताउनु भयो।

कोशी अस्पताल मेडिकल सुपरीटेण्डेन्ट डा.सङगीता मिश्रा,कोभिड अस्पताल संयोजक ज्ञानबहादुर वस्नेत पूर्व सङक्रमितहरुलाई विदाई गर्नुभएको थियो । निको भै घर जान लागेको पूर्वसङ्क्रमितहलाई सम्वन्धित जिल्ला पठाईएको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया