चीनको प्राथमिक बिद्यालयमा छुरा आक्रमणबाट ३७ जना बालबालिका घाइते

इनेप्लिज २०७७ जेठ २२ गते १०:४५ मा प्रकाशित


चीनको प्राथमिक बिद्यालयमा एक संदिग्ध व्यक्तिको छुरा आक्रमणबाट ३७ जना बालबालिका घाइते भएका छन् । गत मंगलबार दक्षिणी चीनमा प्राथमिक बिद्यालयमा ३७ जना बालबालिका तथा २ जना वयस्कलाई छुरा प्रहार गरिएको स्थानीय सरकारद्वारा जारी वक्तब्यमा भनिएको छ ।

उक्त घटना चीनको पूर्वीय गुआङ्गसी हुआङ्ग स्वायत्त क्षेत्रमा घटेको हो । ३९ जना लाई नै अस्पताल भर्ना गरिएको छ भने कुनै पनि बालबालिकाहरु गम्भीर छैनन् ।

तर दुई वयस्कलाई ज्यादा चोटपटक लागेको छ । उक्त एकल संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ । तर चीन कै ग्लोबल टाइम्स भन्ने पत्रिकाले भने उक्त छुरा प्रहार गर्ने व्यक्ति बिद्यालयकै पहरेदार भनेर समाचार प्रकाशित गरेको सिएनएनले लेखेको छ ।

उक्त प्राथमिक बिद्यालयमा ६ देखि १२ बर्ष सम्मका बिद्यार्थीहरु रहेका थिए ।

श्रोत : सिएनएन

 

प्रतिक्रिया