सेती प्रादेशिक अस्पतालका अध्यक्ष:दुर्गा प्रसाद जोशी
वीरेन्द्र रावल,
धनगढी,जेठ २१÷सुदूरपश्चिममा कोरोनाको कहर बढ्दै गैरहेका बेलामा सामाजिक विकास मन्त्रालयले निर्माण गरि सेती प्रादेशिक अस्पताल धनगढीलाई हस्तान्त्रण गरिएको ५० शैयाको अस्पतालमा विहीबारबाट मात्रै सेवा सञ्चालनमा आउने भएको छ।
हतार हतारमा निर्माण गरिएको उक्त अस्पताल निर्माण कार्य एकमहिनामा सम्पन्न भई केवल भवनको भौतिक संरचनालाई सुदूरपश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालय जेठ १२ गतेका दिन हस्तान्त्रण गरेको थियो।
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितलाई उपचार गर्ने लक्ष्यका साथ तयार गरेको ५० शैयाको कोरोना अस्पताललाई आवश्यक पर्ने उपचार सामाग्री देखि लिएर आवश्यक पूर्वाधारहरु निर्माण गर्ने र रंगरोगन लगायतका कार्यहरु सेती प्रादेशिक अस्पताल धनगढीले गर्ने भएका कारण सेवा सञ्चालनमा केही दिन ढिला हुन गएको बताउनु हुन्छ सेती प्रादेशिक अस्पताल धनगढकिा अध्यक्ष दुर्गा प्रसाद जोशी
सेती प्रादेशिक अस्पतालका अध्यक्ष:दुर्गा प्रसाद जोशी
सेती प्रादेशिक अस्पतालको जिम्मामा अस्पताल भवन आर्यसकेपछि त्यसका सबै पूर्वाधारहरुको बन्दोबस्त मिलाउने कार्यमा अहोरात्र नभनि कार्य गर्दा समय लागेको र विहीबार(आज) बाट सो अस्पतालले सेवा सञ्चालनमा ल्याउने भएको कुरा अध्यक्ष दुर्गा प्रसाद जोशीले बताउनु भएको छ।
सुदूरपीश्चममा शुरुका दिनहरुमा कोरोना संक्रमितहरुको संख्यमा केहि कमी आएको त्यसको एक दुई हप्ता पछि फेरी थपघट हुने क्रम जारी रहेपनि तीन दिन यता सुदरुपश्चिममा कोरोनासंक्रमितको संख्या हवात्तै बढेर गएपछि पिसिआर पोिजेटिभ भएका र आईसोलेशनमा राखेर उपचार गर्नुपर्ने विरामीहरुको संख्या ५० भन्दा बढी नाघेको खण्डमा उपचार गर्न समेत अभाव हुने र ठाउँको कमि आउन सक्ने बताउनु हुन्छ – अध्यक्ष जोशी।
जोशीले भन्नु भयो– ५० शैया बेड भएको कोरोना अस्पताल निर्माण गरिएको अवस्थामा संख्या थपिदै गएको खण्डमा सो अस्पतालले पनि उपचार दिन नसक्ने सम्भावना भएकाले प्रदेश र संघीय सरकारले प्रदेशस्तरमा ठूलो संख्यामा आईसोलेशनमा उपचार गर्नसकिनेगरि अस्पतालको निर्माणमा ध्यान दिनुपर्ने पनि अध्यक्ष जोशीले बताउनु भयो।
कोरोना संक्रमण संगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रमित र शंकास्पद बिरामीको लागि लक्षित गरि एक महिना लगाएर निर्माण गरिएको उक्त अस्पताललाई सोमबार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सेती प्रादेशिक अस्पताल धनगढीका अध्यक्ष दुर्गा प्रसाद जोशीमार्फत एक समारोका बिच जेठ १२ गते हस्तान्त्रण गर्नु भएको थियो।
सो अस्पताल भवनलाई किनारा कन्सट्रक्सन धनगढीले ९४ लाख लागतमा निर्माण गरेको अस्पतालमा बताइएको छ।
बिरामीका लागि आवश्यक पर्ने शैया, अक्सिजन प्लान्ट, खानेपानी, बिजुली, शौचालयको समेत सो अस्पतालमा व्यवस्थापन गरिएको छ । आवश्यक पर्ने थप व्यवस्थापन र सञ्चालनको काम सेती प्रादेशिक अस्पतालबाट गरिएको कुरा सेती प्रादेशिक अस्पतालका अध्यक्ष जोशीले बताउनु भयो।
वैशाख १ गतेदेखि निर्माणको काम शुरू गरिएको अस्पतालको भौतिक संरचना निर्माण वैशाख ३१ गते नै पूरा भएको थियो।आवश्यक भौतिक पूर्वाधार र सामग्रीको जडान गर्ने कार्यमा ढिलाइ भएका कारण उपचार सेवा सञ्चालनमा ढिलाई भएको भएपनि विहीबारबाट अस्पतालले सेवा दिने भएपछि कोरोना संक्रमितहरुले नयाँ भवनबाट उपचार पाउने भएका हुन।
कोरोना अस्पताल
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया