जनता आवास अन्तर्गत मोरङको कटहरीमा १५ घर निर्माण गर्न शिलन्यास

मनोज दाहाल २०७७ जेठ २१ गते २१:२३ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २१ जेठ । मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण गरिने भएको छ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत रु १५ लाख र जीवन विकास संस्थासँगको सहकार्यमा घर निर्माण गर्न लागिएको हो।

कटहरी – २ को कदमगाछीमा निर्माण गरिने घरको आज सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिलान्यास गर्नुभयो।

मन्त्री घिमिरेले घर निर्माण कार्यको आज शिलान्यास गर्दै निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । चालु आर्थिक वर्षबाट शुरु भएको कामले निरन्तरता पाउने भन्दै घर निर्माण यही आर्थिक वर्षभित्रमा सकिने लक्ष्य राखिएको जानकारी दिनु भयो।

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत उपाध्यक्ष मञ्जिता सरदारले घरवारविहिनलाई आवासबाट बसोवासमा सहज हुने विचार व्यक्त गर्नु भयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया