मनोज दाहाल,
विराटनगर, २१ जेठ।
प्रदेश नं.१ को प्रदेश सरकारले यही जेठ २३ गते सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गर्ने भएको छ।
मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारले आर्थिक वर्ष २०७७÷७८ लागि नीति तथा कार्यक्रम प्रदेश सभाको सो दिन अपरान्ह ३ बजे बस्ने बैठकमा पेश हुने आन्तरिक मामिला तथा कानून मन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । बैठकले प्रदेश सरकार विपद् खोज, उद्धार एवं राहत वितरण कार्यविधि निर्देशिका २०७६को संशोधन गर्ने, प्रादेशिक सञ्चार प्रतिष्ठान गठन सम्बन्धी कार्यविधिलाई स्वीकृती प्रदान गरेको, कोरोनाको प्रभावले कृषकमा पर्न गएको अप्ठ्यारोलाई सहज बनाउन कृषक राहत कार्यविधिलाई पास गरेको र प्रदेश सरकारको सार्वजनिक खरीद नियमावलीलाई स्वीकृत प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
पत्रकार
प्रतिक्रिया