नाम उस्तै हुँदैमा सबै हितैषी कहाँ पाइएला
नाम जुध्नेले छिया छिया गरी काट्दा
आज म घर न घाटको भएको छु।
बसन्तको आगमन, घरजम जोडने मौसम
आज म सोचमग्न भएको छु ।
मैंले पाइला टेक्ने स्थान भेट्न सकेको छैन ।
मैंले हावाहुरी छेक्न सकेको छैन ।
मेरो भविष्यका सन्ततिका खातिर
उचित बासको बन्दोबस्त गर्न सकेको छैन ।
मँ सोच्दै विगतमा फर्कन्छु ।
गत बर्ष यो समय मेरा लागि कति हराभरा थियो
दौंतरीको सामिप्यतामा सुरक्षित भइएका ति दिन सम्झदै छु ।
मैंले घाम बेहोरें
पानी बेहोरें
सन्ततीका आँखा उघारें ।
आज घुम्दै त्यस्तै दिन आउँदा
आफ्ना नाम जोडीएकाहरु बैरी भइ आउँदा
म घरको न घाटको भएको छु ।
म गन्तव्य विहिन प्राणी भएको छु ।
मेरो सपनाको संसार उजाडिएको छ ।
हाँगा बिंगा काटिएका त थिए नै।
आज पुरै अस्तित्व ढालिएको छ ।
कैयौं साल देखी मैंले भोग गर्दै आएको
मेरो मुटु जोडिएको स्थानमा प्रहार भएको छ ।
अहँ केही गर्न सकिन मैंले
नाम जोडिएका हरु बैरी बन्दा
खुला आकाशमा कावा खाँदैछु ।
गन्तव्य भेटेको छैन
प्यास भोक हराएको छ ।
भविष्य आफ्ना नाम जोडिएकाहरु उजाड बनाइएको छ ।
कति निष्ठुरी
बैरी बन्दा
मेरो मर्ममा चोटिलो धक्का पुर्याइएको छ ।
दुखका साथ मैंले भन्नै पर्छ
मेरो बासस्थानमा आज मँ जस्तै नाम जोडिएको
बन्चरो प्रहार भएको छ।।
मेरा रुखहरु ढलेका छन
मँ गन्तव्य विहिन भएर दौडिएको छु ।
मँ चरो को पखेटा काटिएको जस्तो भएको छ ।
म आत्तिएर निस्किएको छु
उही निष्ठुरी बन्चरोको खोजीमा
केवल बन्चरोको खोजीमा
केवल बन्चरोको खोजीमा
अच्युत कुइकेल
कागेश्वरी मनोहरा ४ डाँछी काठमाण्डौं
२०७७।२।२०
प्रतिक्रिया