भेदभावमै रमाउने सभ्य नेपाली हामी

महेन्द्र गिरी २०७७ जेठ २१ गते २:४६ मा प्रकाशित

मानविय भेदभाव के हो र कहाँ बाट सुरु भयो भनेर ब्याख्या गर्न सोचे जति सहज अवश्य छैन । विभेद भनेको समाजमा विद्यमान मानविय परिवर्तित तत्व हरु बाट ब्युत्पतित र प्रतिविंवात्मक हुन्छ।यसका कारण पिडक र पिडितमा पर्ने प्रभावहरुका बारेमा वर्णन गर्ने कार्य बझ बढि चुनौती पुर्ण विषय हो ।

अमेरिकन साइकोलोजिकल एसोशिएसन (एपिए) ले प्रकाशन गरेको एक खोज प्रतिवेदनका अनुसार मानविय विभिधता तथा भेदभाव भन्ने विषय साशन प्रणालि, नियम–कानुनको अवस्था, शिक्षा, अर्थ जस्ता कुराहरुले निर्धारण गर्दछन । जुन मानिसको चेतन तथा अवचेतन मनमा रहेको हुन्छ । विश्व इतिहाँस लाई केलाउने हो भने मध्य युगिन समयका साशक हरुले विश्वभरिनै धर्म, लिङ्ग, जात–जाति, रङ्ग, पेशा, शक्ति जस्ता विषयलाई अधार वनाई भेदवभा गर्ने प्रथाको विकाश गरेको पाईन्छ।

भारतवर्षमा मध्ययुगिन साशक हरु विशेष गरी मुगल हरुले र पछी बृटिश साशक हरुले जातीय भेदभावको सुरुवात गरेको ईतिहाँस भेटिन्छ । उक्त भेदभावको प्रभाव पुरै भारत वर्षमा छायो । जसबाट यस क्षेत्रका हिन्दु समुदाय मात्र नभै मुसलमान, ईशाई समुदायमा समेत जातीय भेदभावले जरो गाड्यो ।

मुगल हरुको प्रभावका कारण नेपाल पनि यस कुप्रथा बाट अलग रहन सकेन । विसं १४३६ मा जयस्थिति मल्लले बनाएको कानुनमा पनि तल्लो र माथिल्लो जातको ब्याख्या गरेको पाइन्छ । तेसैले नेपालमा जातिय विभेदको जड मल्लकालिन साशकहरु बट सुरु भएको मानिन्छ । हिन्दु धर्ममा उल्लेख चार वर्ण (ब्रम्हण, क्षत्री, बैश्य र शुद्र) ब्यवस्थाले मनिसले अवलम्वन गर्ने पेशा लाई ब्याख्या गरेको छ र यसलाई कामको वाण–फाण गर्न बनाइएको बुजिन्छ । यस वर्ण ब्यवस्थामा कहिँ कतै पनि भेदभाव गर्ने कुराको उल्लेख गरेको पाइदैन । तथापि, नेपालमा मध्ययुगिन साशकहरुले यहि ब्यवस्थालाई आधार बनाएर जातिय विभेद को रुपमा विकशित गरेको पाइन्छ । यसको मनोविज्ञान केलाउने हो भने भेदभावको मुल जड भनेको तात्कालिन साशक हरुको सामन्ति विचार प्रधान रहेको प्रष्ट बुझ्न सकिन्छ।

नेपालमा आज भन्दा १६७ वर्ष पहिला विसं १९१० मा जंग बहादुर राणाले जारि गरेको मुलुकी ऐनले हाम्रो समाजलाई अझ अन्धकार मा धकेल्यो । जसले हाम्रो समाजमा जातिय, वर्गिय, लैङ्गिक जस्ता प्रथालाई संस्थागत गर्न मलजल पुर्यायो । उक्त मुलुकि ऐनले, भौगोलिक,भाषिक साँस्कृतिक जस्ता विषयमा समेत भेदभाव सिर्जना गराउने काम गर्यो।यस मुलुकि ऐनले मधेसी, मुस्लिम लगायत समुदाय हरुलाई पनि समेटन सकेन।

सामाजिक विभेदको कुप्रथा बाट पिल्सिएको समाजलाई परिवर्तन गर्न सारा विश्व जगतमै आवाजहरु उठे । नेपालमा पनि विभिन्न कालखण्डमा धेरै प्रकारका क्रान्तिहरु भए । जसको फलस्वरुप समाज चेतनसिल हुदै गयो । शाशन प्रणालिहरु परिवर्तन हुँदै गए । नेपालको कानुनमा जात–जाति, भाषा, धर्म, लिङ्ग, सम्प्रदाय, भेषभुशा, भुगोल जस्ता कुराको आधारमा भेदभाव गैरकानुनी भनेर अन्तरिम संबिधान २०६३ मा उल्लेख गर्यो । जसमा सवै जातजाति, वर्ग समुदाय र धर्म लाई बराबर मान्यता प्रदान गर्याे । तेस्तै, सन २०११ मा लागु गरेको जातिय छुवाछुत विरुद्वको ऐन तथा नेपालको संविधान २०७२ ले पनि सवै जातजाति, लिंग, धर्म समुदाय, वर्ग, भेशभुषा सबैलाई समान हैसियतमा राख्न सफल भएको छ । अहिलेको समयमा कानुनि तथा मनविय सवै पक्ष बाट सबै मानव समान रहेको प्रत्याभुति राज्यले गराएको छ।

म एक दशनामी संप्रदायको गिरी थर भएको व्यक्ति हुँ मैले आफूले सम्झन सक्ने उमेरको भए पछिको घटना उदाहरणको रुपमा प्रस्तुत गर्न चाहेँ, मलाई विद्यालय जाँदा होस या साथिभाई संग खेल्दा होस सधै साथिहरु जोगी भनेर गिज्याऊदथे । मैले मेरो घरमा आएर जोगी भनेको के हो भनेर परिवारका ठुला ब्यक्तिलाई सोध्दा थाहा भयो कि, हाम्रा पुर्खा हरु योग ध्यान गर्ने भएका कारण हाम्रो संप्रदायका मान्छे हरुलाई योगि भनेका रहेछन । पछि योगि भन्ने शब्द अपभ्रंसित भएर कसै कसैले जोगी पनि भन्दा रहेछन । मेरो परिवारको सदस्यले मलाई हामि दशनामी संप्रदायको भएको र कसैले तेस्तो शब्द हाम्रो पहिचानको लागी प्रयोग गर्ने गरेको हो, भनेर प्रस्ट संग बुझाउनु भयो । अझै पनि मलाई कहिँ कतै जादा कसै कसैले जोगी भनेर सम्बोधन गर्ने गरेको पनि भेटेको छु र उक्त सब्द सुन्दा मैले कतै पनि अपमानित भएको महसुस गरेको छैन । पहिले आफूले आफूलाई बुझ्नु जरुरी रहेछ अनि आफ्ना सन्ततिलाई पनि आफ्नो जात र समुदाय प्रति गर्व महसुस हुने किसिमको शिक्षा प्रदान गर्नुपर्ने रहेछ । अनि मात्र मानिस आफु र आफ्नो पहिचान आफूले नै गर्न सक्षम हुन्छ । यस समजमा सवै मनव जातिका आ आफ्नै पहिचान छन र सवैको बराबर अस्थित्व पनि रहेको छ । यदी स्वयं पहिचानलाई लियर दुविधामा रहन्छ भने मात्र उसले भेदभाव भएको महसुस गर्दछ र अरुलाई पनि भेदभाव गर्ने मानसिकताले प्रेरित हुन सक्दछ।

अहिलेको पुस्ता भनेको आधुनिक र विस्वब्यापिकरण भएको समाजको सदस्य हो । उसले आफुलाई सभ्य र उत्कृष्ट मानव पुस्ता ठान्दछ । यस्तो सभ्य समाजको सदस्य भएर उसलाई कुनै पनि प्रकारको मनविय भेदभाव को कुरा गरेर बस्न पक्कै पनि सुहाउदैन । सिङ्गो विश्वमा हाम्रा पुस्ताका ब्यक्तीहरु मानव जातिको भलो कसरि हुन्छ भनेर खोजमुलक आविष्कार र मानव हितका लागि विविध काममा तल्लिन छन । नेपाली समाजको मनोविज्ञान छुवाछुत र भेदभाव अन्त्य भएको दशकौ पछि सम्म पनि यस्तै विषयको वरिपरि रुमलिई रहेको छ ।

अबको नेपालि भनेको दक्ष, उत्कृष्ट विचार बोकेको सक्षम हुनु पर्छ भन्नेमा दुई मत नहोला । सन २०१९ मा संयुक्त राष्ट्रषंघले सार्वजनिक गरेको मानव विकास सुचाङ्कको तथ्याङ्क लाई हेर्ने हो भने नेपाल विश्वका राष्ट्र हरुको सुचिमा १४७ औं स्थानमा रहेको छ । यसबाट हामि अतिनै पिछडिएको राष्ट्रको रुपमा रहेको कुरा प्रष्ट हुन्छ । यस तथ्याङ्कले कुनै जाति र समुदाय मात्र नभै सारा नेपालि नै पिछौडापनको चपेटामा रहेको कुरा छर्लङ्ग हुन्छ।

समाज परिवर्तन हुनका लागी समाज कुन पृष्टभुमि बाट आएको छ भन्ने कुराको महत्वपुर्ण भुमिका रहन्छ । तथापि, समाज परिवर्तनशिल प्रकृतिको हुने भएका कारण यसलाई समाजका बाहक हरुले कसरि अगाडी डोर्याउदछन भन्ने कुरामा पुर्ण रुपमा निहित भएको हुन्छ । समाज परिवर्तनका बहाक हरु राजनिति, शिक्षा, सुचना प्रविधि, भौगोलिक अवस्था, संघ संगठन, खोज अनुसन्धान जस्ता तत्वहरु हुन । हाम्रो समुदायमा अझै पनि समाज परिवर्तन गर्न भुमिका खेल्ने तत्व हरुलाई गलत तरिकाले परिचालन गरिएको छ । जसको फलस्वरुप हामिमा संकृण मानसिकताको विकाश हुँदै गैरहेको छ।

हामिले हामि र हाम्रो देश सभ्य र विकशित हुनुपर्छ भन्ने चाहना राख्ने हो भने कानुनले भेदभाव मुक्त घोषणा गरेको दशकौं सम्म पनि भेदभावको मनोविज्ञान बोकेर बस्नु पक्कै उचित होइन । कोहि कसैले कुनै किसिमको विभेद गर्दछ भने कानुन बमोजिम दण्डित हुनु पर्दछ । कानुनि राज्यमा बसेर कानुनको पालना गर्नु हामि सबैको कर्तब्य हो । समाज परिवर्तनका सबै क्षेत्रका नेतृत्व पक्ष चाहे त्यो राजनैतिक कर्मी होस, चाहे शिक्षक, चाहे अभिनेता÷कलाकार, चाहे संचारकर्मी, चाहे समाजका विद्वान वर्ग होस सबैले यस्ता कुरिति हटाउन भुमिका खेल्नु पर्दछ । यस्ता ब्यक्तिहरुले समाज विथोलिने प्रवृत्तिको गतिविधि गर्ने तथा अभिब्यक्ति दिने जस्ता हर्कत बन्द गर्नु पर्दछ । समाजमा कहि कतै यस्ता कुकर्म भएका छन भने कानुको दायरामा ल्याउन भुमिका निर्वाह गर्न सके मात्र हामि सभ्य र कानुनि राज्यमा वसोवास गर्ने सभ्य मनिस कहलाउन सक्छौं ।

अहिलेको समयमा पनि मध्य युगिन साशक जस्तै जात–जाति, भाषा, धर्म, लिङ्ग, सम्प्रदाय, भेषभुशा, भुगोल जस्ता विषयको आधारमा मानविय विभेद गर्ने गराउने तथा आफ्नो क्षेत्रको नेतृत्वमा रहेर समाजमा भ्रम सिर्जना गर्ने काम कदापि उचित होइन । कानुनि राज्यमा बसेर कानुनि संयन्त्र लाई सहज तरिकाले काम गर्न सहयोग गर्नु हामि जिम्मेवार नागरिको कर्तब्य हो । यदि हामि जिम्मेवार नबनेर सबै संयन्त्रलाई प्रभावित पार्ने हर्कत गर्ने हो भने पछि आउने पुस्ताले हामिलाई अवस्य सराप्ने छ । तसर्थ आफ्नो ठाँऊ बाट राम्रो काम गर्ने र कतै कुनै प्रकारको भेदभाव भएमा कानुन अनुसार राज्यको संयन्त्रलाई निस्पक्ष काम गर्ने वातावरण सिर्जना गर्न सके हामि सबै सधै खुशि खुशि रहन सक्छौं । हाम्रो पुस्ताले आफुलाई इतिहाँसको पानामा स्वर्ण युग भनेर चिनाउन सफल बन्ने छ ।

महेन्द्र गिरी
लेक्चर, जनस्वास्थ्य विभाग
नेशनल ओपन कलेज, सानेपा ललितपुर
मोवाईल : ९८६९८४४३०६
ईमेलः [email protected]

प्रतिक्रिया