वीरेन्द्र रावल,
धनगढी, जेठ २०÷ कैलालीका अधिकाँश ग्रामिण क्षेत्रका जनताले अँझै सम्म पनि स्वच्छ पिउने पानी पाउन सकिरहेका छैनन्।
स्वच्छ पिउने पानीको अभावमा उनिहरु नदी र खोलाको दुषित पानी पिउन बाध्य भैरहेका छन्।
कैलाली जिल्लाको मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाका कतिपय वस्तीहरुमा अँझैपनि जनताले स्वच्छ पिउने पानी पाउनबाट बञ्चित हुनुपरिरहेको छ । पिउने पानकिो अभावमा उनिहरुले खोला र नदीमा आधा घण्टा पैदल हिंडेर दुषित पानी घरमा ल्याउनु पर्ने बाध्यता रहेको गुनासाहरु पोख्न थालेका छन् ।
कैलाली जिल्लाको दुर्गम पहाडी गाउँपालिका वडानम्बर ७ बढीगाउँकी जलधरी बिक एका विहानै खोलामा गएर प्रदुषित पानी बोक्न बाध्य भैरहेको बताउनु हुन्छ ।उहाँ भन्नु हुन्छ – गाउँमा नौ महिना देखि खानेपानी आउन बन्द भएको छ ।घरमा धारा छ तर पानी लिन भने कर्णाली नदि र कारवा खोलामा पुग्नु पर्ने बाध्यता छ।
यस्तै सोही गाउँकी देउरुपमा दमाईको पनि समस्या उस्तै छ ।धारामा पानी आउन छाडेपछि कित कर्णाली नदिमा गएर पानी बोक्न जानु पर्ने बाध्यता छ कित कारवा खोलामा आधा घण्टा पैदल हिंडेर पिउने पानी बोक्नु पर्ने बाध्यता रहेको छ । मोहन्याल गाउँपालिकाको वडा नम्बर ७ मा ठूलो जनसंख्या छ धारमा पानी आउन छाडेपछि नौ महिना देखि खानेपानीको समस्या गाउँलेले झेल्न थालेको भएपनि खाने पानीको जोहो गर्ने बिषयमा भने कसैको पनि उचित ध्यान जान सकेको छैन । कैलाली जिल्ला समन्वय समितिले २० लाख र मोहन्याल गाउँपालिकाले ८ लाख रुपैयाँ सो गाउँको खानेपानीका लागि विनियोजन गरिएको भएता पनि लक डाउनका कारण गाउँमा काम हुन सकेको छैन।
पानी घर छेवैमा पानीको धारा बनाइएको छ तर धारामा पानी छैन। घरमा पाहुना आयोकी आधा घण्टा दौडेर तल हाटखोलीमा पुगेर धमिलो खोलाको पानी लिएर खुवाउनु पर्ने हुन्छ ।घरमा कोही बिरानो मानिस आयोकि पानी कसरी पिलाउने होला भनि चिन्ता लाग्छ यीं भनाई हुन चुरे गाँउपालिका वडानम्बर ४ बाँजगडाका अधिकांश बासिन्दाहरुको।बर्षों देखि हाट खोलीको प्रदुषित पानी पिएर बस्दै आएका सो गाउका सयौं परिवारहरुले देसमा लोकतन्त्र आईसक्दा पनि स्वास्थ्य शिक्षा र खानेपानीको कुनै पनि सुविधा पाउन नसकेको गुनासो पोखेका छन् । साना नानी सहित घर बाट आधा घण्टा हाट खोलीमा शनिबार पानी लिन पुगेकी निशा सिजापतिले भनिन् खोलाको फोहोर भएपनि खानेपानीको रुपमा प्रयोग गर्न बाध्य छौं।घरमा एक दुई जनाले त पानी बोक्ने मात्र काम गर्नुपर्ने बाध्यता रहेको छ।
साना कलिला बालबालिका समेत पनि हातमा जर्किन बोकेर खोलामा पानी भर्न जाने गरेको निशाले बताईन । सोही गाउका लोक बहादुर सिजापतिल दुखेसो पोख्दै भने– देशमा लोकतन्त्र आएको छ भन्छन् आफुहरुलाई अनुभूतिनै छैन।
नत गाउँमा स्वास्थ्य चौकी छ नत नजिक बिद्यालयनै । खानेपानी नभएर गाउँमा हाहाकार छ । बर्षातको भेलको पानी बोकेर घरमा लगेर कपडामा छानेर खानुपर्ने बाध्यता रहेको छ।
हाम्रा समस्यालाई कसैले पनि बुझिदिएनन् भन्छन् लोकबहादुर ।लोकबहादुरले भने खानेपानी समस्या एकातिर छ भने बिद्यालयमा बिद्यार्थीहरु जानबाट समेत बञ्चित हुने पुगेका छन जव हाटखोली नदि खोला बढेर आउँछ तव।
गाउमा स्कुल नभए पछि छिमेकी गोदावरी नगरपालिका अन्तरगत पर्ने एक विद्यालयमा ससाना बालबालिका पढन जाने गर्दछन । जव बर्षातको समयमा खोला बढ्छ तव बिद्यार्थीहरु विद्यालय जान नसकेर घरमै बस्न बाध्य हुन्छन्।
केहि बर्ष पहिले गाउमा खानेपानीको धारा बनाइए पनि धारामा पानी नआउनाले खोलाको पानी खान बिबश गाउँलेहरुले तत्काल खानेपानीको व्यवस्था मिलाई दिन सम्बन्धीत निकाय संग आग्रह गरेका छन।
सुगम जिल्लाका दुर्गम बस्तीका जनताले भोग्नु परेका खानेपानी लगायतका समस्याहरुको तत्काल समाधान गरिनु पर्ने माग पिडित जनताको रहेको छ ।
प्रतिक्रिया