बर्षातको भेलको पानी कपडामा छानेर खान बाध्य् बाँजगडाबासी

वीरेन्द्र रावल २०७७ जेठ २० गते २३:४१ मा प्रकाशित

वीरेन्द्र रावल,

बाँजपानी जेठ २०÷घर छेवैमा पानीको धारा बनाइएको छ तर धारामा पानी छैन । घरमा पाहुना आयोकी आधा घण्टा दौडेर तल हाटखोलीमा पुगेर धमिलो खोलाको पानी लिएर खुवाउनु पर्ने हुन्छ।घरमा कोही बिरानो मानिस आयोकि पानी कसरी पिलाउने होला भनि चिन्ता लाग्छ यीं भनाई हुन चुरे गाँउपालिका वडानम्बर ४ बाँजगडाका अधिकांश बासिन्दाहरुको।

बर्षों देखि हाट खोलीको प्रदुषित पानी पिएर बस्दै आएका सो गाउका सयौं परिवारहरुले देसमा लोकतनत्र आईसक्दापनि स्वास्थ्य शिक्षा र खानेपानीको कुनै पनि सुविधा पाउन नसकेको गुनासो पोखेका छन् । साना नानी सहित घर बाट आधा घण्टा हाटखोलीमा शनिबार पानी लिन पुगेकी निशा सिजापतिले भनिन् खोलाको फोहोर भएपनि खानेपानीको रुपमा प्रयोग गर्न बाध्य छौं । घरमा एक दुई जनाले त पानी बोक्नेमात्र काम गर्नुपर्ने बाध्यता रहेको छ।

साना कलिला बलबलिका समेत पनि हातमा जर्किन बोकेर खो.लामा पानी भर्न जाने गरेको निशाले बताईन । सोही गाउका लोक बहादुर सिजापतिल दुखेसो पोख्दै भने— देशमा लोकतन्त्र आएको छ भन्छन् आफुहरुलाई अनुभूतिनै छैन।

नत गाउँमा स्वास्थ्य चौकी छ नत नजिक बिद्यालयनै । खानेपानी नभएर गाउँमा हाहाकार छ ।बर्षातको भेलको पानी बोकेर घरमा लगेर कपडामा छानेर खानुपर्ने बाध्यता रहेको छ।

हाम्रा समस्यालाई कसैले पनि बुझिदिएनन् भन्छन् लोकबहादुर ।लोकबहादुरले भने खानेपानी समस्या एकातिर छ भने बिद्यालयमा बिद्यार्थीहरु जान बाट समेत बञ्चित हुने गर्दछन । जव हाट खोली नदि खोला बढेर आउँछ तव । गाउमा स्कुल नभएपछि छिमेकी गोदावरी नगरपालिका अन्तरगत पर्ने एक विद्यालयमा ससना बालबालिका पढन जाने गर्दछन । जव बर्षातको समयमा खोला बढ्छ तव बिद्यार्थीहरु बिद्यालय जान नसकेर घरमै बस्न बाइ हुन्छन् । केहि बर्ष पहिले गाउामा खानेपानीको धारा बनाइएपनि धारामा पानी नआउनाले खोलाको पानी खान बिबश गाउँलेहरुले तत्काल खानेपानीको व्यवस्था मिलाई दिन सम्बन्धीत निकाय संग आग्रह गरेका छन।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया