मनोज दाहाल,
विराटनगर, १९ जेठ।प्रदेश नं. १ सरकारलाई नेपाल कुष्ठरोग संगती र आईपास नेपालले रु ५ लाख ४१ हजार मूल्य बरावरको विभिन्न स्वास्थ्य सामाग्री आज यहाँ हस्तान्तरण गरेको छ।
प्रदेशका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कुष्ठरोग संगतीका प्रदेश संयोजक एन्ड्रयु सिथलिङले रु तीन लाख ५० हजारको आईसियु प्यासेन्ट मोनिटर हस्तान्तरण गर्नुभएको छ।
यस्तै सामाजिक विकासमन्त्री घिमिरेलाई आईपास नेपालले रु एक लाख ९१ हजारको विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । मन्त्री घिमिरेलाई आईपासका प्रदेश संयोजक केदार भण्डारीले मास्क, ग्लोब्स, गाउन लगायतका सामाग्रीहरु हस्तान्तरण गर्नु भयो।
मन्त्री घिमिरेले कोभिड–१९ महामारी कहिले सम्म रहने भन्ने निश्चित नभएकाले सहयोगी संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु आगामी दिनमा पनि थप सहयोग गर्नका लागि आग्रह गर्नुभयो।उहाँले स्वास्थ्य सामाग्री उपलब्ध गराउने संस्थाहरुलाई धन्यवाद दिनुभयो ।
पत्रकार
प्रतिक्रिया