वैज्ञानिक वनका नाउँमा वन मास्नेलाई कारवाही गर – साँसद आलेमगर

वीरेन्द्र रावल २०७७ जेठ १८ गते १७:२० मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, जेठ १८÷कैलाली जिल्लामा वैज्ञानिक वनका नाममा भैरहेको सर्वकटानका विरुद्वमा संघीय संसदमा आइतबार नेकपाका सांसद एवं नेकपा डोटीका ईन्चार्ज प्रेम आलेमगर गर्जिनु भयो । उहाँले कैलाली कञ्चनपुर जिल्लामा भैरहेको वन विनासलाई सरकारले तत्काल रोक्न समेृत माग गर्नु भयो।

संसदमा बिशेष समय लिंदै साँसद आलेमगरले भन्नु भयो– कैलाली कञ्चनपुर जिल्लामा वैज्ञानिक वन कार्यक्रम मार्फत केहि टाठाबाट सामुदायिक वनका पदाधिकारी, राजनीतिककर्मी, जनप्रतिनीधि देखि लिएर वनकर्मचारीको प्रत्यक्ष संलग्नतामा वन विनास भैरहेको अवस्थामा सरकारले जेठ १५ गते वन क्षेत्रमा भैरहेको कटान,ढुवानी र ओसार पसार लगायतका कार्यहरुलाई तत्काल रोक्न प्रदेश सरकारको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयलाई समेत वन तथा वातावरण मन्त्रालयले १५ गतेनै निर्देशन दिंदापनि कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा वैज्ञानिक वन बनाउने नाममा रातारात हरिया सालका रुखहरुमाथी धावा बोल्ने कार्य भैरहेकोले सरकारेको निर्देशन र मन्त्री परिषदको निर्णयका विरुद्धमा जाने वन कर्मचारीहरुमाथी तत्काल निलम्वन गरि कारवाही गरिनु पर्ने माग समेत साँसद प्रेमआलेमगरले गर्नु भएको छ कैलाली जिल्लामा भैरहेको वन विनासले उर्वराभूमि नष्ट हुँदै जाने ,जैविक विविधता नाँसिने देखि लिएर तल्लो तटीय क्षेत्रका मानिसहरुको भविश्य समेत संकटमा पर्ने खतरा रहेकाले तत्काल वैज्ञानि वन जस्ता अवैज्ञानिक कार्यलाई खारेज गरिनु पर्नेमाग समेत साँसद आलेमगरले गर्नु भएको छ।

उहाँले भन्नु भयो– तराईको वन मासेर सिमित व्यक्तिहरु पोसिने र वातावरण विनास गर्ने मानव हित विपरितका कार्य गर्ने जोसुकै भएपनि उनिहरुमाथी छानविनगरि नीतिगत रुपमा कैलाली जिल्लामा वन विनास गर्ने सञ्जालमाथी कडा भन्दा कडा कारवाही हुनु पर्ने माग समेत आलेमगरले गर्नु भएको छ ।
साँसद आलेमगरले नेपाल सरकारकाले गत आर्थिक बर्षमा ल्याएको समृद्धिका लागि वन भन्ने नीतिमा टेकेर कैलाली जिलामा ढलापडा संककलन कार्यलाई छोडेर हरिया सालका रुखहरुमा गिद्धेदृष्टि लगाएका माफियाहरुले अवैधानिक रुपले वनमास्ने कार्यहरु गरिरहेकाको अवस्थामा नेपाल सरकारको मन्त्री बैठकले जेठ १५ गते काठ कटानी,संकलन,ढुवानी र घाटगद्धी गर्ने लगायतका कार्यहरु तत्काल रोक्न दिएको निर्देशनलाई समेत उल्लंघन गरेर काठ कटानीको आदेश दिने वनकर्मचारी र संलग्न व्यापारीहरुमाथी कडा भन्दा कडा कारवाही गर्न पनि सरकारसमक्ष माग गर्नु भएको छ।

यस्तै नेपाल सरकारले सात वटै प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयलाई वन तथा वातावरण मन्त्रालयले वन विनास रोक्नका लागि पपित्र गरिसकेको अवस्थामा समेत उक्त निर्णयलाई व्यवास्ता गर्दै जेठ १८ गते विहान सम्म पनि तीं वन क्षेत्रहरुमा धमाधम काठ कटानी भैरहेकोले त्यस्ता अवैधानिक कार्यमा संलग्न व्यक्तिहरुमाथी तत्काल कारवाह िगरिनु पर्ने समेत साँसद आलेमगरले आग्रह गर्नु भएको छ ।सरकारले निर्देशन दिंला सम्म पनि सुदूरपश्चिम प्रदेशको उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्रालयले अवैधानिक तरिकाले भैरहेको वन विनासका बारेमा खासै चाँसो नदेखाउनुले मन्त्रालयको नीयतिमाथी समेत प्रश्न उठेको छ ।उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्री माया भटट्संग जिज्ञासा राख्न खोज्दा उहाँसंग सम्पर्क हुन सकेन।

कैलाली जिल्लाको धनगढी वन डिभिजन कार्यालयका प्रमूख रामचन्द्र कँडेलसंग यस बिषयमा जिज्ञासा राख्दा शनिवार सम्म पनि मन्त्रालयले कुनै जानकारी नदिएको बताउनु भएको छ । यस्तै कैलालीको पूर्वी क्षेत्रस्थित सबै भन्दा बढी वन क्षेत्र विनासको चपेटामा परेको वन क्षेत्रलाई हेर्ने पहलमानपुर वन डिभिजन कार्यालयका प्रमूख कृष्ण भटट् संग सम्पर्क गर्न खोज्दा उहाँको फोनमा सम्पर्क हुन सकेन।

मन्त्री परिषदको निर्णय भएसंगै फुलवारी, उर्मा, भारताल लगायतका वन क्षेत्रमा धमाधम वन विनासिंदै गएको पाइएको छ।

सरकारको निर्णयलाई समेत अटेर गर्दै कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको वर्गदा,जनकल्याण,चुरेमालिका,देउराली जालपा र लम्की चुहानगरपालिकाको कोपिला,चेतना लगायतका सामुदायिक वन क्षेत्रमा भैरहेको सर्वकटानमा कैलाली जिल्लाको पहलमानपुस्थित वन डिभिजन कार्यालयका प्रमूख कृष्ण भटट्को प्रयक्ष संलग्नतामा काठ कटानी भैरहेको सेतले जानकारी दिएको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया