संझनाका तरेलीमा राजदरवार हत्याकाण्ड

शशी के.सी २०७७ जेठ १८ गते १६:५२ मा प्रकाशित

आज भन्दा १९ बर्ष अगाडी, जुन १,२००१ को त्यो शुक्रबारको रात, संम्झदा पनि अत्यास लागेर आउॅंछ। त्यो बेला अवस्थाकस्तो थियो भने, नेपालमा माओबादीले थालेको जनयुद्धले उग्ररूप लिन थालिसकेको थियो। नेपालको बिभिन्न जिल्लामाप्रहरी चौकी, सरकारी कार्यालयहरू माओवादीले आक्रमण गरेको धमाधम सुनिदै थियो। जताततै डर त्रास बढ्दै थियो।प्रहरी र सेनाका परिवार आतॅंकित थिए। काठमाडौंमा पनि डर बढ्दै गएर बेलुका चाॅंडै बजार बन्द हुन थालेका थिए। रातीढिलो सम्म बाहिर निक्लने चलन गटदै थियो। प्राय: सबै बेलैमा घर आएका हुने। हामी पनि सदा झैं बेलैमा खाना खाएर टि.भी हेर्ने हेर्दै, पढ्ने पढ्दै, कोही सुतिसकेका पनि थियौं। राती १० बजेतिर दाई वा खोई बिर्सें कस्ले हो, फोन गरेर‘राजदरबारमा त गोली चल्यो रे’ भन्ने हल्ला छ भन्नु भयो । ओहो, लौ माओबादीले नै आक्रमण गरेछन् भन्ने भयो। सबै डरायौं, राती त अरू थप के नै थाहा पाउनु र।

त्यो राती १२-१ बजेतिर हेलिकप्टर उडेर पश्चिमतिर गएको सुनियो। ( पछि थाहा पाइयो पूर्व राजा ज्ञानेन्द्रलाई लिन पोखरागएको रहेछ) तेस्तै आफ्नै टोल भरीका फोनहरू पालैपालो लगातार बजेको सुनियो। शायद , त्यो रात काठमाडौंबासी कोहीराम्रोसॅंग सुतेनन् होला। बिहानै मानिसहरूको बाटोमा चहलपहल देखियो तर सबै डराएका जस्ता। एकछिन पछि त रेडियोले शोक धुन बजाउन थालि हाल्यो। (नेपालमा कोही बिशिष्ठ व्यक्तिहरूको मृत्युमा शोक धुन बजाइन्छ।) लौ दरबारमा घटना भयो भन्ने त पक्का भयो तर यस्तो भयावह भएको त कल्पना नै गर्न सकिएन सुरूमा त।

शनिवारको दिन रेडियो, टि.भी आदिबाट राष्ट्रिय शोक घोषणा गरिएको सुचना आयो। राजा, रानी, राजकुमारी र राजकुमार सहित नौ जनाको मृत्यु अनि युवराजको कोमामा उपचार भन्ने खबर सुनियो। साथै अरू घाइतेको उपचार भन्ने खबर आयो। राजाको मृत्यु पछि कोमामा रहेका युवराजलाई नयाॅं राजा घोषणा गरियो। समाचारहरू त छिन छिनमा नयाॅंआउने क्रम जारी रहयो। त्यहि दिन तत्कालिन प्रधान न्यायधिश केशव प्र. उपाध्याय र सभामुख तारानाथ रानाभाट सहितको दुई सदसिय छानबीन कमीटी गठन भयो।

जनताको अवस्था अन्योल, डर, त्रास, राजाको परिवारै त रहेनन्, हाम्रो के हुने होला, अभिभावक गुमाएका टुहुराहरू जस्तो थियो। नेपालमा राजाको मृत्यु हुॅंदा पुरूषहरूले कपाल खौरने चलन अनुसार धेरैले कपाल खौरिए। कति बुढापाकाहरूले एक छाक नुन नै खाएनन्। देशै शोकमा डुव्यो। नडुवोस पनि कसरी राजतन्त्रमा ’राजा र रानी’ सबै नेपालीको अभिभावक, दुबै नरहे पछि। नयाॅं बानेश्वरतिर त जुलुस नै निक्लियो। छिट्टो भन्दा छिट्टो सत्य कुरा बाहिर आओस्, आदी।

अझ अन्तिम शवयात्रा र पशुपतिनाथ, बागमती नदी किनारको आर्यघाटमा बिदाई गर्दाको क्षण नरूने नेपाली को थियो होला र त्योबेला। बाटोको दुई किनारमा लहरै केटा केटी देखि बुढाबुढी उभिएर रूॅंदै रूॅंदै हेरे प्यारा राजारानी र राजकुमार,राजकुमारीको अन्तिम शवयात्रा। कस्तो हृदयविधारक क्षण। आर्यघाटमा लहरै राखिएको छ सबैको लाश। सधैं जीवित टि.भी तिर वा बिभिन्न कार्यक्रममा देख्दा सफा, सुक्सुकाउॅंदो छुॅंदा पनि दाग लाग्ला भन्ने राजाको मुखमा त झिॅंगापनि बसेको देखियो भिडियो क्लिपमा। तेस्तै रानी लाई बोक्नेले त झण्डै लडाए पनि। रानीको अनुहार त कस्तो पुतलीको जस्तो देखियो। पछि बुझ्दा त अनुहार नै गोली लागेर बिग्रेकोले गर्दा पुतलीको टाउको राखेको रहेछ। राजकुमारी श्रुतीको लाश जलाउॅंदा त सबै उनका दुई छोरीहरूले आमा गुमाए भन्दै भक्कानिएर रोए। त्यस्तै राजकुमार र अरूहरूको लाश पनि पालै पालो जलाइयो।

तिनदिन पछि राजा दिपेन्द्रको पनि मृत्यु तथा अन्तिम संस्कार भयो। प्रारंम्भिक अनुसन्धानको क्रममा ‘राज दरबारहत्याकाण्ड’ गराउने नै ‘उनै हुन’ भन्ने लगभग भएकोले आर्यघाटमा राजपरिवारका अरूको उपस्थिति त्यति देखिएन। तर नेपालीले रूॅंदैरूॅंदै, राजा बिरेन्द्रको अन्तिम बंश पनि बिदाई गरे।

एक हप्ता लामो अनुसन्धान, घटना भएको ठाॅंउ अवलोकन, देख्नेहरू सॅंगको अन्तरबार्ता, गार्ड, अरू राज दरवारका कर्मचारी सॅंग सोधखोज आदी गरेर के निर्णयमा पुग्यो भने ‘तत्कालिन युवराज दिपेन्द्रले नशा जन्य कालो पदार्थ खाएर नशाको सुरमा बिभिन्न किसिमको बन्दुकले पालैपालो बुबा, आमा, भाई, बहिनी, कान्छो काका, फुपुहरू र फुपाज्युलाई गोली ठोकि मारेको। यसरी गोली हान्दा अरूहरू लुकेर घाइते वा ज्यान जोगाएको देखियो। अन्त्यमा,आफुलाई पनिआफैले गोली हानेको’ ।

अब नेपालको सन्दर्भमा भन्नु पर्दा राजपरिवार र जनताको सम्बन्ध सुमधुर नै रहेपनि एकआपसमा सॅंघै टाढा। जनताको नजरमा राजपरिवार भनेको ‘नारायणहिटी राजदरबारको घेराभित्र रहने परिवार’।त्यहा भित्रको खबर त्यति थाहा पनि नहुने र जनताले चासो पनि नराख्ने, सॅंधै सम्मानको नजरले हेर्ने। अब जे निष्कर्ष आयो, मान्नै पर्यो । तर अझै कति कुरा अनउत्तरितर रहष्यमय नै छ। एकजनाले नै तेत्रो ठुलो काण्ड गरे नै होलान् भन्न पनि बिश्वास नलाग्ने। नेपालीलाई अझै पनि कुनै दिन सत्यतथ्य अरू थप बाहिर आउला भन्ने आश छ।

म त जन्मेदेखि बिरेन्द्र राजाको राज्यमा ‘राजतन्त्र’ को क्षत्रछाॅंयामा काठमाडौंमा हुर्के बढेको भएर होला धेरै नै श्रद्धा र मायालाग्छ त्यो राजपरिवारको। राजाको जन्मदिन पुष १४ गते स्कुलबाट लाइन लागेर हिॅंडेर शुभकामना दिन कति पटक गयौं नारायणहिटी राजदरबार। भदौ ४ गते त्यो बेलाको ‘बालदिवसमा’ दशरथ रंगशालामा राजारानी देख्दा कति खुशी हुन्थ्यौं।’बिरेन्द्र शिल्ड खेलकुद प्रतियोगितामा’ स्कुलबाट खेल्न जाॅंदा कति पटक युवराज र राजकुमारीलाई देखियो/ भेटियो।

‘राजदरवार हत्याकाण्ड’ भएको एक महिना पछि नेपाल छोडेर अमेरिका आएको हुनाले नेपालबाट टाढा बसाई छ धेरै बर्षदेखि। किन किन अहिले पनि नेपाल गएको बेला नारायणहिटी दरबार तिरबाट हिॅंडदा राजा बिरेन्द्रको परिवार तेहीॅं भित्रपुरानै अवस्थामा छन् होला जस्तो लाग्छ। अहिले त म्युजियम बनाएको छ। कुनैदिन नेपाल जाॅंदा जान्छु हेर्न ॲाटनिकालेर।

अन्त्यमा, हाम्रो पुस्ताका “संम्झनाका कथाहरूमा रहेसम्म” यो परिवार सॅंधै अमर नै रहनेछन्!

हार्दिक श्रद्धा सुमन

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया