रीता केसीको ‘बनको चरी बनैमा’ सार्वजनिक

ईनेप्लिज प्रतिनिधि, काठमाडौं २०७७ जेठ १८ गते १२:२७ मा प्रकाशित

 

काठमाडौं ,

काठमाडौं जेठ १८ गते । चर्चित लोकप्रिय गायिका रिता केसीको नयाँ गीत ‘बनको चरी बनैमा’ को श्रव्यदृश्य आज सार्वजनिक भएको छ। उक्त गीत रिता केसी नामको युट्युव मार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा तारा डाँगीको शब्द तथा राज कुमार बगरको संगीतरहेको छ ।

कमल सौरागले एरेन्ज गरेको यो गीतको म्युजिक भिडियोमा गायिका रिता केसीलाई नै देख्न सकिन्छ ।यस भिडियोको सम्पादन कुशलशर्माले गरेका हुन ।

विभिन्न साॅंगीतिक कार्यक्रमहरूमा आफ्ना गीत देश तथा विदेशका रंगमंचहरूमा प्रस्तुत गरिसकेकी रीताका गीतहरू कर्ण प्रिय र मन छुनेखालका छन् !

उनको “ मुटु चुॅंडिन्छ भन्ने थाहै थिएन” निकै लोकप्रिय गीतको रूपमा चर्चित रह्यो । “तिम्रो मुटु मेरो मुटु” , “ यो जिन्दगी पनि” , “कुपिन्डेको नीलो दह” जस्ता गीतहरू पनि निकै लोकप्रिय रहेका छन् ।

प्रतिक्रिया