मनोज दाहाल,
विराटनगर, १८ जेठ । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको निर्वाचन क्षेत्र ४ (ख)अन्तर्गत निर्माणाधिन योजनाहरुको आज अनुगमन गर्नु भएको छ । मन्त्री घिमिरेले निर्वाचन क्षेत्र विकास कोष मार्फत कटहरीमा निर्माण भईरहेका योजनाहरुको अनुगमन गर्नु भएको हो।
कटहरी १ महेशपुरमा निर्माण भईरहेको लक्ष्मी सामुदायिक भवन र लक्ष्मी मन्दिर, कटहरी २ को किसान मार्ग सडक, कटहरी ३ जिरातटोलको लक्ष्मी मन्दिर, कटहरी सामुदायिक भवन र शैलेश मन्दिरको उहाँले अनुगमन गर्नुभएको हो।
कटहरी सामुदायिक भवन रु ५० लाख र अन्य योजनाहरु रु१०÷१० लाखका रहेका छन् । कटहरी सामुदायिक भवन ५ कठ्ठा जमिनमा एक हजार व्यक्ति अट्ने क्षमताको रहेको छ । निर्वाचन क्षेत्र विकास कोष मार्फत विनियोजित वजेटमा योजनाहरु निर्माण भईरहेको मन्त्री घिमिरेले बताउनुभयो।
उहाँले योजनाहरु निर्धारित समयमै सम्पन्न गर्न निर्देशन पनि दिनुभएको छ । सो अवसरमा योजनाहरुको अनुगमनका साथै बन्दाबन्दीका कारण प्रभावित भएका स्थानीयहरुहरुको पनि समस्याबारे जानकारी लिनु भएको थियो ।
पत्रकार
प्रतिक्रिया