बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन, पशुपतिमा अत्येष्टि गरिँदै

इनेप्लिज २०७७ जेठ १८ गते १०:१२ मा प्रकाशित


काठमाडौं, १८ जेठ । बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनको आज विहान निधन भएको हो । उनी ललितपुरको कुसुन्तीमा छोरी ज्वाँईसँगै बस्दै आएका थिए । ठकुरी विगत लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित थिए । उनको आजै पशुपति आर्यघाटको विद्युतिय शव गृहमा अन्त्येष्टी गरिदैछ ।

फिल्म ‘जीवन रेखा’ बाट अभिनय करिअर सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय ह्विलचियरमा विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए । तर, सुगर, प्रेसर जस्ता रोग थपिँदै गएपछि उनी विना कसैको सहारा उठ्न पनि नसक्ने भएका थिए ।

उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी पछिल्लो पटक फिल्म ‘भागी भागी नजाऊ’ मा देखिएका थिए । ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका छन् ।

रिपोर्टर्स नेपाल बाट

प्रतिक्रिया