सोमबार, असार २९ २०७७
काठमाडौं १६:१९
वासिङटन डिसी 06:34

नासाका दुई अन्तरिक्षयात्री सहित स्पेसएक्स अन्तरिक्षयानको सफलतापूर्वक प्रक्षेपण

इनेप्लिज २०७७ जेठ १७ गते २०:२९ मा प्रकाशित

मे ३० ,२०२० । गत बुधबार आँधीबेहरीको कारण उडान रद्ध भएको नासाका दुई अन्तरिक्ष यात्री सहित स्पेसएक्स सफलतापूर्वक प्रक्षेपण गरेको छ । शनिबार ३ :२२ मिनेटको पूर्वीय समय अनुसार अर्बिट(ग्रहपथ)तर्फ उडेको छ ।

फ्लोरिडाको केप क्यानाभेरल केनेडी अन्तरिक्ष केन्द्रबाट ग्रहपथको लागि उडेको छ । नासा र स्पेसएक्सले गत बुधबार यात्रा रद्ध भए पछि पुन ३ दिन पछि आफ्नो लक्ष्य सहित आउने बताए अनुसार आज मौशम राम्रो भएको कारण आज सफलतापूर्वक उडि सकेका छन् ।

झन्डै एक दशक पछि ऐतिहासिक रुपमा निजी प्रतिष्ठानको साझेदारीमा अमेरिकी माटोबाट सयुक्त रुपमा तयार पारिएको अन्तरिक्षयान उडे पछि खुशियाली छाएको छ ।

अन्तरिक्षका लागि अन्तरिक्ष यात्रीहरु बब बेनकेन तथा डग हार्ले रहेका छन् । गत हप्ता पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्स पनि बिदा गर्न फ्लोरिडा पुगेका थिए । आज पनि दुवै जना त्यहा पुगेका छन् ।

नासाले स्पेसएक्सलाई ३ अर्ब डलरभन्दा ज्यादा रकम निर्माण गर्न पैसा दिएको थियो ।

श्रोत:सिएनएन

प्रतिक्रिया