गौरीफन्टा नाकाबाट एकदिनमा चार हजार दुई सय ७ जना नेपाल प्रवेश गरे

वीरेन्द्र रावल २०७७ जेठ १७ गते १७:४० मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,जेठ १७ ।भारत सरकारले नेपाल फिर्ता हुने नेपालीहरुका लागि बस सेवा सञ्चालन हुन दिएपछि दैनिक ठूलो संख्यमा मानिसहरु धमाधम नेपाल भित्रिनेक्रम जारी रहेको छ।

भारतका विभिन्न स्थानबाट नेपाल गौरीफन्टा नाका भएर दैनिक चार हजारको संख्यामा मानिसहरु त्रिनगर भन्सार भएर नेपाल प्रवेश गर्न थालेका छन्
यसैक्रममा शनिवार भारतको गौरीफन्टा नाकाबाट ४ हजार २ सय ७ मानिसहरु त्रिनगर नाका भएर नेपाल प्रवेश गराइएको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भारतका बिभिन्न शहरमा कामको शिलसिलामा गएका मानिसहरु लक डाउनका कारण काम बन्द भएपछि बेखर्ची भएर नेपाल आउनेक्रम व्यापक रुपले बढीरहेको पनि जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भारतका विभिन्न शहरहमा अलपत्र परेका नेपालीहरु स्वदेश आउनेक्रम जारी रहेको सोहीक्रममा शनिवार मात्रै पनि कैलालीको गौरीफन्टानाकाबाट पनि चार हजार दुई सय ७ जनाको उद्धार गरिएको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरक्षक दक्षकुमार बस्नेतले जानकारी दिनु भएको छ ।
पिसिआर चेकजाँच गर्ने किट अभाबका कारण भने उनिहरुको स्वास्थ्य परिरक्षण हुन भने नसकेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक अनुसार भारतको गौरीफन्टा नाका भएर त्रिनगर भन्सार नाक हुँदै नेपाल आएका ३७ हजार ६ सय ४१ जना नागरिकको उद्दार गरिएको जनाइएको छ।

भारतका विभिन्न प्रान्तहरुका नेपाल आएका नागरिकहरुलाई किटको अभावमा चेक जाँच नगरि सोझै गाउँका क्वाईरेन्टीनमा लगेर राख्दा त्यहाँपनि कोरोनाको संक्रमण फैलिन सक्न खतरा रहेको प्रति आम बुद्धीजीविहरु निकै चिन्तीत देखिएका छन्।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया