सोमबार, असार २९ २०७७
काठमाडौं १६:५१
वासिङटन डिसी 07:06

अमेरिकामा दुई संघिय रक्षक सेवा अधिकारीमाथि गोली प्रहार,एक अधिकारीको मृत्यु

इनेप्लिज २०७७ जेठ १७ गते १२:२८ मा प्रकाशित

अमेरिकाको मिनेसोटामा अस्वेत जर्ज फ्लोइड मारिए  पछि अशान्ती भै रहेको अवस्थामा दुई संघिय रक्षक सेवा अधिकारीमाथि गोली प्रहार भएको छ । उनीहरुलाई क्यालिफोर्नियाको ओकल्याण्डमा गत मे २९ शुक्रबारका दिन गोली हानिएको हो ।

दुई मध्ये एक अधिकारीको मृत्यु भएको छ । ओकल्याण्ड प्रहरीका अनुसार करिव ७ हजार ५ सय प्रदर्शनकारी शहरका गल्लिहरुमा बिरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले शहरका विभिन्न स्थानमा तोडफोड गरेका छन भने लुटपाट पनि गरेका छन् । साथै प्रहरीमाथि आगो फ्याकेका छन् ।

श्रोत :सिएनएन

प्रतिक्रिया