कोभिड १९ र क्यानडाका नेपाली समुदायको पहल बिस्तृतमा

इनेप्लिज २०७७ जेठ १६ गते २१:२८ मा प्रकाशित


कोभिड १९ भाइरसका कारण विश्वमा महामारीको घोषणा संगै क्यानडा पनि अछुतो रहन सकेन। यो समाचार बनाइरहदा २४ नेपालीलाई संक्रमण देखियो। २४ मध्ये आधा भन्ढी पूर्ण रुपले स्वस्थ्य बनिसकेका छन। ४ जना जति जटिल आवस्थामा छन भने अन्य भने क्रमिक रुपमा सुधार हुदै आएका छन् । हाम्रो जानकारीमा आए अनुसार कोभिड १९ कारण क्यानडामा कुनै नेपाली अहिलेसम्म ज्यान गुमाउनु परेको छैन । यद्यपी क्यानडामा संक्रमित हुनेको सख्या ८७,५१९पुगेको छ भने मृत्यु हुनेको सख्या ६७६५ नाघेको छ ।

क्षेत्रफलको अधारमा विश्वकै दोश्रो ठूलो देश क्यानडा नेपालीहरुमा कुनै मानविय क्षति नभए पनि अन्य क्षेत्रमा परेको प्रभाव भने कम छैन । क्यानडा सरकारले कोभिड १९ बाट प्रभावित भएका सबै नागरिकलाई विभिन्न राहत प्याकेज उपलब्ध गराएर नागरिक प्रतिको दायित्व मात्र पुरा नगरि अभिभावकत्वको महसुस पनि दिलाएको छ । त्यसैले पनि यहाका नागरिकहरु सरकारप्रति धेरै आभारी छन् । आफ्ना नागरिक बाहेक वर्क परमिटमा रहेका, स्टडि परमिट रहेका अन्राष्ट्रिय विद्यार्थीलाई पनि समेटी राहत कोष वितरण गर्नुुले जनस्तरबाटै सरकारलाई प्रसंसा मिलेको हो ।

डकुमेन्ट नभएका व्यक्तिहरुलाई भने सरकारको कुनै पनि राहत कोषले समेटेको छैन भने भिजिटरहरुको सवालमा भने भिषा अवधि बढाउने देखिका विषयमा भने अतिनै खुकुलो निती ल्याएको छ। आफ्ना नागरिकलाई विश्वका सबै देशबाट क्यानडाले स्वदेश ल्याइरहेको छ। अन्य देशका नागरिक पनि स्वदेश फर्कन चाहनेलाई सहजी करणको भुमिका निर्वाह गरेको छ। कोरोना १९ का कारण रोजगारी गुमेकालाई प्रतिव्यक्ति महिनाको दुई हजार डलरका दरले चार महिनासम्म दिने व्यवस्था सरकारले मिलाएको छ। अन्तराष्ट्रिय विद्यार्थीहरुको हकमा पनि विभिन्न सुविधा दिएको छ। त्यस्तै साना व्यवसायी, स्वरोजगारी र उद्योगीहरुलाई पनि राहत कोष खडा गरि सबैलाई सहयोग गरेको छ क्यानडा सरकारले।

एनआरएनए क्यानडाले सरकारी राहत कोष अर्थात क्यानडा इमरजेन्सी रेस्पोन्स बेनिफिट कसले र कसरी लिन पाइन्छ भनेर एक गाइड लाइन नै तयार गरी प्रकाशनमा ल्याएको छ । अन्य देशबाट क्यानडामा आएर पढ्नेको सख्या अहिले ६ लाख भन्दा बढि छ। पछिल्ला सालमा नेपाली विद्यार्थीको सख्या क्यानडामा ह्यात्तै बढेको देखिन्छ । २०१९ र २०२० नेपाली क्यानडामा ठूलो सख्यामा प्रवेश गरेका छन् अध्ययनका लागि । निःसन्देह, कोभिड १९ बाट सबै भन्दा बढि प्रभावित हुने समुह स्डडि परमिटमा रहेका विद्यार्थी हुन्।

त्यसैले उनीहरुलाई सहयोग गर्न एनआरएनए क्यानडाले नेपाली विद्यार्थीको नाम आप्mनो वेभ पोटलमा राख्न आह्वान गरेको छ। यसमा करिव ४५० नाम दर्ता गरिसकेका छन् । केहि विद्यार्थीको नाम नेपाली दुतावासबाट पनि प्राप्त भएका छन् । एनआरएनएको सम्पर्कमा नआएका वा दर्ता हुन नसेका विद्यार्थीको सख्था थप २ सय भन्दा बढी हुने अनुमान गरिएको छ। कोभिड १९ बाट प्रभावितलाई राहत दिन एनआरएन क्यानडाले कोष स्थापना गर्न मार्चको तेश्रो साताबाट पहल शुरु गरको हो ।

क्यानडामा रहेका विभिन्न संघ सस्थाकाप्रतिनिधि सहितको समुदायले राष्ट्रियस्तरको राहत कोष संकलन समितिको गठन सोहि महिनामै भयो। समितिको नेतृत्व गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन एनसीसी) क्यानडाले गरेको छ। यसमा नेपाली दुतावास क्यानडा र टोरोन्टो र क्यालगरिका दुवै कन्सुलर जेनेरलले आर्थिक सहयोग गरेका छन्। समुदायको तर्फबाट धेरै संघ सस्थाले आर्थिक सहयोग दिएका छन् । कोभिड १९ कै विषयमा क्यानडाभरी समुदायलाई समेट्ने गरि भरचुएल मिटिङ हुने गरेका छन । यसको समन्वयकारी भुमिका एनआरएन एनसीसी क्यानाडाका महासचिव पिताम्वर भट्टराईले गर्दै आएका छन्।

कोभिड १९ को पछिल्लो अपडेट, राहत कोषको आय व्यय, विद्यार्थीमा आइपरेका समस्या लगायतका विषयमा महामहिम राजदुत भृगु ढुंगना, नेपाली जेनरल कन्सुलर टोरोन्टोका डा कुन्जरमणि शर्मा, एनआरएन एनसीसी क्यानडाका अध्यक्ष चिरन्जिवि घिमिरे, एनआरएन एनसीसी क्यानडाका संस्थापक अध्यक्ष तथा कोष संकलन समितिका सह संयोजक नवराज गुरुङ, एनआरएनए आइसीसी सचिव गौरीराज जोशी, अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, सह संयोजक राम सी पोखरेल, एनआरएनका मानर्थ परिषदका सदस्यहरु ढुण्डीराज पाण्डे, अभिमन्यू बस्नेत, प्रमिला बस्नेत, आइसीसी सदस्यहरु गोपी कृष्ण काफ्ले, तुलसी सापकोटा, एनआरएन एनसीसी क्यानडाका पुर्व अध्यक्ष अनिल थापा, सल्लाहकार ज्योति वैध, मुगा राजभण्डारी, हेल्पिङ ह्यान्ड वीदआउट बोर्डरसका अन्जनि भट्टराई, सामाजिक अभियन्ता डा पुर्ण कंडेल, नरहरी तिम्सिना, पशुपतिनाथ मन्दिर (एनसीएचसी) अध्यक्ष डा हरी गुरुङ लगायत समुदायका अन्य प्रतिनिधिहरुसंग समय समयमा भरचुअल बैठक हुने गरेको छ।

आर्थिकको विषयमा कोषाध्यक्ष सरोज भट्टराई समुदायलाई विभिन्न माध्यमबाट जानकारी दिदै आएका छन् । कोभिड १९ आपतकालीन राहत कोषमा क्यानडाका प्राय सबै प्रान्तका समुदायको विस्वास मात्र जितेको छैन कोषको रकम पनि बढाएको छ । यसमा परोपकारी सस्था चाइल्ड हेभन इन्टरनेशनल र एनआरएनए क्यानडाको सहकार्य गरी इच्छुक दाताहरुलाई ट्याक्स रसिद दिने व्यवस्था भएपछि टोरोन्टोका जेनेरल कन्सुलर डां कुन्जरमणि शर्माले १० हजार क्यानेडिय डलर कोषलाई प्रदान गरेका छन्। त्यसैगरी टोरोन्टोका युवा एवं सफल व्यवसायी तथा एप्रुभल जेनीका अध्यक्ष आषिश भट्टराईले ५ हजार डलर सहयोग गरेका छन् । कोषमा ३७ हजार डलर उठिसकेको छ।

राहत कोष कोभिड १९ प्रभावित विद्यार्थी, भिजिटर अभिभावक, संक्रमित व्यक्ति वा परिवार र डकुमेन्ट नभएका नेपालीलाई सहयोग गर्दै आएको छ। त्यस बाहेक विभिन्न सस्था र दाताहरुले जिन्सी तथा खाध्या पदार्थ उपलब्ध गराउदै आएका छन् । त्यस्तै फ्रन्टलाईन वर्कवरहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। यो विषम र अनुमान गर्नै नसकिने अवस्थाको कोषको रकम सानो हो। कोषको अधिक्तम सदुपयोग र पारदर्शीतामा विषेश ध्यान दिइएको सह संयोजक गुरुङले बताउदै आएका छन्। कोष बाहेक एनआरएन एनसीसी क्यानडाले कोभिड १९ सम्बन्धि पीपीइ सामाग्री माक्स, ग्लोभस, सेनिटाइजर अन्तराष्ट्रिय विद्यार्थी, प्रन्ट लाईन र्वकरस, सिनियर पिपुललाई उपलब्ध गराउदै आएको छ।

कोभिड १९ को महामारी घोषणासंगै एनआरएन एनसीसी क्यानडाले शुरुदेखि नै सचेतनका कार्यक्रम पनि गर्दै आएको छ। लन्डन ओन्टारियो, टोरोन्टो, बेरी, सदवेरी, ब्राम्पटन, मिसिसागा, ओटवा र अन्य स्थानमा रहेका विद्यार्थीलाई एनआरएनका प्रतिनिधि र स्वंयसेवीहरुले पीपीइ र खाध्यान्न वितरण गर्दै आएका छन्। स्थानिय विभिन्न फुड बैक, खालसा, ओन्टारियो सिख, सेल्भेसन आर्मी लगायत परोपकारी सस्थाहरुसंग सहकार्य गरि निरन्तर टोरोन्टो आसपासका दुई सय भन्दा बढि विद्यार्थीलाई निःशुल्क खाध्यान्न उपलब्ध राएको छ । यसलाई निरन्तरता दिन प्रयास पनि गरिएको छ।

यो विषम परिस्थितीमा अनुभवि, विज्ञ र जनस्तरबाट आएका सुझावका आधारमा एनआरएनए क्यानडाले आफ्नो मार्गनिर्देश बनाउने गरेको सस्था उपाध्यक्ष उज्जल थापाले बताएका छन्। त्यसै गरि भिजिट भिषामा क्यानडा आएका नेपालीलाई पनि स्वदेश फर्कन एनआरएनए क्यानडाले नाम दर्ता गराउन आह्वान गरेको छ। आफ्ना परिवारलाई भेट्न क्यानडा आएका अभिभावक र आफन्तजनलाई नेपाल फर्काउन आवश्यक पहल गर्नका लागि अध्यक्ष घिमिरेले परराष्ट्रमन्त्री प्रदिप ज्ञावली, एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्त, राजदुत ढुंगनासंग प्रत्यक्ष परामर्श गरि आवश्यक पहल गर्न अनुरोध गरेका छन्। अहिलेसम्म यसमा करिव ७० जनाले नाम दर्ता गराएका छन्।

त्यस्तै एनआरएन एनसीसी क्यानडाले नेपाली विद्यार्थीहरुलाई पाठ्यक्रम अनुरुप अनलाई कक्षा संचालनमा ल्याइसकेको छ। नेपाली भाषामा सचेतना दिलाउन र विभिन्न अनुभव सेयर गर्न एनआरएन एनसीसी क्यानडाले हप्तामा कम्तिमा दुईवटा कार्यक्रम यूटुवबाट र फेसबुकबाट एकैसाथ लगातर लाइभ प्रसारण गर्दै आएको छ । फ्रन्टलाइन सो माफत समुदायका विभिन्न व्यक्ति, हेल्थ केयर प्रोफेसनल, डाक्टर, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिवहरु, सहयोगी दाताहरु, स्थानीय सांसद र राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतहरुसंग छलफल र बहस संचालन गर्दै आएको छ।

अर्कातिर कोभिड १९ कै कारण नेपालमा अड्किएर रहेका क्यानेडियन नागरिक अर्थात पि आर भएका नेपालीहरुलाई पनि क्यानडा ल्याउन पहल शुरु गरेको छ। नेपालमा अड्किएका क्यानेडियनलाई एनआरएनएको सम्पर्कमा आउन अनुरोध गरिएको छ। आह्वान अहिलेसम्म १८० जनाले आफ्नो नाम नेपालबाट क्यानडा फकर्ने लिष्टमा दर्ता गराएका छन्। क्यानेडिय हाइ कमिसन न्यू देल्ही र स्थानिय सांसदहरु मार्पmत पहल गरिने उपाध्यक्ष विजय पौडेलले बताएका छन्।

एनआरएन एनसीसी क्यानाडा

मे २८, २०२०

प्रतिक्रिया