सोमबार, असार २९ २०७७
काठमाडौं १६:३७
वासिङटन डिसी 06:52

डिसी क्षेत्रका २८ वटा सँस्थाले सयुक्त रुपमा अध्ययनरत बिद्यार्थी तथा नेपालीलाई एक महिनाको खाद्य सामग्री वितरण गर्दै

विजय थापा २०७७ जेठ १६ गते २१:०० मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रका २८ वटा सँस्थाहरुले सयुक्त रुपमा अमेरिकामा अध्ययनरत नेपाली बिद्यार्थी तथा आपतमा परेका नेपालीलाई एक महिनाको खाद्य सामग्री वितरण गर्ने भएको छ ।

यसरी कोरोना महामारीको समयमा यतिका संघ/संस्था एक जुट भै मानव सेवा गर्न लागे पछि समुदायले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

लामो समयको अथक प्रयास पछि यतिका धेरै संघ/संस्थाहरु एक जुट भएर डिसी,भर्जिनिया र मेरिल्याण्डमा आगामी मे ३१ आइतबारका दिन मध्यान्ह १२ बजे देखि साँझ ७ बजे सम्म वितरण कार्यक्रम रहेको गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाका महासचिव बिष्णु बरालले ईनेप्लिजलाई बताए ।

२८ वटा संस्थाहरुमा एनआरएनए मेरिल्याण्ड शाखा,बाल्टिमोर तमु समाज,कास्की समाज,एनआरएनए भर्जिनिया शाखा ,साथी बाल्टिमोर,ईनास मेरिल्याण्ड ,प्रवासी नेपाली एकता मंच अमेरिका नासो कम्न्युनिटि(समुदाय).लगायत को सहभागिता रहने छ ।

सहयोग सामग्री लिन चाहनेल सबैले गुगल फर्म भर्नु पर्ने छ ।

लिंकको लागि यहाँ थिच्नु होस् :

https://docs.google.com/forms/d/1q0LhlwvZnnb5jis4jEfyBGaQVECynSICpxiA9dC7M8U/viewform?edit_requested=true

प्रतिक्रिया