सोमबार, असार २९ २०७७
काठमाडौं १६:४१
वासिङटन डिसी 06:56

एएनएसले हेरिटेज फेस्टिवल (परम्परा उत्सव)महिनालाई यसरी सम्झदै बनायो भिडियो(श्रब्य दृश्य)

विजय थापा २०७७ जेठ १६ गते १८:५४ मा प्रकाशित

 

अमेरिका नेपाल सोसाइटी (एएनएस )ले हरेक बर्ष मे महिनामा मनाईने हेरिटेज फेस्टिवल(परम्परा उत्सव)लाई सम्झदै भिडियो(श्रब्यदृश्य)बनाएको छ । बिगत ४/५ बर्ष देखि धुमधाम रुपमा मनाउदै आएको हेरिटेज नेपाल फेस्टिवल अर्थात् एएनएस परम्परा उत्सव यस पटक कोरोना भाइरस(बिषाणु)को कारण मनाउन पाएन ।

हेरिटेज नेपाल फेस्टिवल २०२० को तयारी समेतमा जुटेको अमेरिका नेपाल सोसाइटीले आफूले बिगतमा गरेका प्रस्तुतिलाई सम्झना स्वरुप श्रब्य दृश्य(भिडियो )मार्फत प्रस्तुत गरेको छ । छोटो उक्त भिडियोमा संस्थाकी अध्यक्ष प्रभा भट्टराई देउजाले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै घरमै बस्न र सुरक्षित रहन आग्रह गरेकी छिन ।

एसियाली अमेरिकी र प्रशान्त टापुवासी हेरिटेज महिना एक महिनाको अवधि हो । जस्मा एसियाली अमेरिकीहरू र प्रशान्त टापुका अमेरिकीहरूको योगदान, प्रभाव,अमेरिकी इतिहास, संस्कृति र उपलब्धिहरूलाई मान्यता प्रदान गरिन्छ ।

यस पटक उत्सव मनाउन नपाएता पनि एएनएसले बिशेष गरि डिसी महानगर क्षेत्रका नेपाली समुदायलाई समर्पित गर्दै उक्त श्रब्य दृश्य निकालेको छ ।

स्मरण रहोस ,अमेरिका नेपाल सोसाइटी सन् १९६७ मा नेपालका लागि तत्कालिन अमेरिकन राजदुत मानार्थ सभापति एल्सवर्थ बंकरले नेपाल र अमेरिका बीच सम्बन्ध स्थापना गर्ने हेतुले स्थापना गरेका थिए ।

सुनौ छोटो श्रब्य दृश्य(भिडियो ) :

प्रतिक्रिया