आइतबार, असार २१ २०७७
काठमाडौं ००:३९
वासिङटन डिसी 14:54

भर्जिनिया हर्नडनमा यौन दुराचार तथा आक्रमण गर्ने व्यक्ति पक्राउ

इनेप्लिज २०७७ जेठ १५ गते १८:११ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा यौन दुराचार तथा आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । ५६ बर्षिय हर्नडन निवासी जाभिएर इनरिकी पाल्मालाई यौन अपराध गरेको आरोप सहित हर्नडन प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरेको जनाएका छन् ।

उक्त घटना हर्नडन पार्कवे नजिक डब्लु एण्ड ओडि ट्रायल (वाशिंगटन एण्ड ओल्ड डोमिनियन रेल्वे क्षेत्रीय उद्यान)मा घटेको थियो । प्रहरीका अनुसार उक्त व्यक्तिले पिडितलाई करिव ३ बजे नजिक आएर बलपूर्वक छुएका थिए ।

उनले हर्नडन पार्कवे स्थित ३०० भवन समूह (ब्लक)मा पिडितलाई स्पर्श गरे पछि उनि त्यहाँबाट भागेका थिए । उनि फरार रहेता पनि प्रहरीले उनलाई नजिकै गिरफ्तार गरि हिरासतमा लिएका छन् ।

उनिलाई हाल फेयरफ्याक्स काउन्टी कारागारमा बिना जमानत थुनामा राखिएको प्रहरीले जनाएका छन् । उक्त हर्कत गर्ने व्यक्ति स्वेत पुरुष हुन् भने उनको उचाई ५ फिट १० इञ्च रहेको छ ।

प्रहरीले कुनै त्यस्ता प्रकारका घटना भएका छन् भने खबर गर्न आग्रह समेत गरेका छन् ।

श्रोत : प्याच डटकम

प्रतिक्रिया