सोमबार, असार २९ २०७७
काठमाडौं १८:२५
वासिङटन डिसी 08:40

न्याकले तनाव मुक्त सम्बन्धि आध्यात्मिक कार्यक्रम गुरु डा चिन्तामणि योगीसंग गर्दै

इनेप्लिज २०७७ जेठ १४ गते १७:०८ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले तनाव मुक्त सम्बन्धि आध्यात्मिक कार्यक्रम गुरु डा चिन्तामणि योगीसंग गर्ने भएको छ ।

कोरोना भाइरसको महामारीमा मानसिक स्वास्थ्य सबै भन्दा महत्वपूर्ण हुन्छ । कोरोना भाइरसको कारण कैयौ मानिसहरु तनाव,चिन्ता,डर,त्रास र भयबाट प्रभावित भएका छन् ।

यस्तो अवस्थामा यी सबैबाट मुक्त हुन् र उपाय बारे जानकारी लिन आध्यात्मिक गुरु डा चिन्तामणि योगीसंग यसैको सेरोफेरोमा आफ्ना जिज्ञाशा पनि राखिन सकिने हुनाले जुम मार्फत हुने कार्यक्रममा सहभागी हुन् सबैलाई न्याकले आग्रह गरेको छ ।

बिस्तृत जानकारी :

कहिले : आईतबार ,मे ३१ ,
समय : डिसीको १० बजे ,नेपाल समय : ७:४५ बजे

 

प्रतिक्रिया