आइतबार, असार २१ २०७७
काठमाडौं ०१:१३
वासिङटन डिसी 15:28

न्युजर्सीमा कोरोना महामारीको कारण कोठामै बस्न बाध्य नेपाली बिधार्थीलाई दिईयो उपहार पोको

विजय थापा २०७७ जेठ १४ गते १३:२० मा प्रकाशित

डिसी । अमेरिकाको न्यूजर्सी राज्यमा रहेका नेपाली समुदायका सामाजिक अभियन्ताहरुले अमेरिका उच्च शिक्षा हासिल गर्न आएका नेपाली बिधार्थीहरुलाई उपहार पोको वितरण गरेका छन् ।

अमेरिका आएका बिशेष गरि नेपाली बिद्यार्थीहरु जो अथक मेहनत गरि उच्च शिक्षा हासिल गर्दछन । बर्षौ दिन सम्म उनीहरुले गरेको मेहनत र लगन पश्चात उनीहरुको सपना पुरा हुन्छ । र,उनीहरुले शैक्षिक उपाधि हासिल गरे पछि उनीहरुका अभिभावकहरु सहितको सहभागितामा दिक्षान्त समारोहमा आफ्ना अभिभावकद्वारा उपहार पाउछन ।

कोरोनाको कारण यस बर्ष त्यो सबै एक सपना मात्र हुन् पुग्यो ।

न्यूजर्सीका सामाजिक अभियन्ताहरुले त्यस्ता बिधार्थीहरुको खोजी गर्दै अभिभावक झैँ प्रस्तुत भै खाध्य सामग्री सहित ओखती समेत पोको पारेर एक झोलामा चाहिने चिजहरु कोसेली स्वरुप उनीहरुलाई दिएका छन् ।

सामाजिक अभियन्ताहरुले ३ वटा बिश्वबिद्यालयका ६७ वटा बिधार्थीहरुलाई उपहार पोको वितरण गरेका छन् । उक्त उपहार झोलामा मुखावरण(मास्क),ज्वरोको ओखति,एन-९५ मुखावरण ,पन्जा ,दुध,सुख्खा फलफूल ,खाद्य सामाग्री,तरकारी,बिधार्थीहरुलाई चाहिने सामाग्री आदि ईत्यादी  वितरण गरेका छन् ।

अर्को हप्ता पनि अन्य बिधार्थीहरुलाई त्यस्तै उपहार दिईने योजना रहेको आयोजकले बताएका छन् । खाध्य सामाग्री ,फलफूलको लागि नासो कम्युनिटी (समुदाय)ले सौजन्य गरेको थियो ।

यस कामको नेतृत्व तथा संयोजन गर्ने महिला सामाजिक अभियन्ता डा बिष्णु माया परियारले बिशेष कृतज्ञता ज्ञापन गरेकी छिन् ।

उनले आफ्नो सामाजिक संजाल फेसबुक(मुहार पुस्तिका)मा एफ१ बिधार्थीहरुलाई अझ सहयोग जुटाऔ भनि सबैलाई आब्हान गरेकी छिन् ।

यस पवित्र कार्यको लागि सहयोग गर्ने ,साथ दिने,उपहार पोको बनाउन मद्धत गर्ने तथा दाताहरुको नामावली यस यस प्रकार रहेको छ ।

Tek Gurung,Lila Ra,Munindra Newang,NRN New Jersey Chapter,Bijay Man Singh , President United Nepalese Student Organization (UNSO) ,Purushottam Bohora ,NRNAICC Member,Haribol Bhatrarai, Advidor ,NRNA ICC
Nabaraj KC , Rotary Club Of Queen,NY,Chairing Rapke dai,Girija Prasad Foundation,Nisha Shah for making masks
Krishna Jibi Panthi, NRN NCC,USA ,Vice President,Rajendra Sentury,President Jana Samparka samitee, Maryland President,Uma Karki Thapa, Regional Women Coordinator,Krishna Sedhai,CEO,NRNA DRC. Ram Pokhrel,Swaraj Khati. NRNA ICC Member,Binaya Aryal, Presiddnt NeaSea,Durgesh Karki, former President of Ling Island Nepali Association,Honarary Consulate of Nepal in USA, Rishi Prasad Dhakal ,Shree Pashupatinath Foundation California .,NRN New Jersey Chapter,New Jersey Nepali Relief Group for Pandemic team, Pradeep Thapa, Samir Budhathoki, ,Renu Sapkota, ,Manoj Khanak, ,Punam Rana Malla, ,Krishna Subedi, Biswa Baral, ,Yam Adhikari, Sanjeev Shrestha and Kabina Maharjan.

प्रतिक्रिया