आइतबार, असार २१ २०७७
काठमाडौं ००:१४
वासिङटन डिसी 14:29

न्यूयोर्कमा झुटो कहानी बनाई अस्वेत मानिसबारे प्रहरीलाई उजुरी गर्ने महिलालाई कामबाट बर्खास्त

इनेप्लिज २०७७ जेठ १४ गते १२:०१ मा प्रकाशित

बिश्वकै सम्राट राज्य न्यूयोर्कको एक उद्यानमा झुटो कहानी बनाई अस्वेत व्यक्तिको नाम प्रहरीलाई उजुरी गर्ने महिलालाई जागिरबाट बर्खास्त गरिएको छ । उनले जातिवादको नाममा झुटो बनि बनाउ कथा बनाई अफ्रिकन अमेरिकन(अस्वेत)मानिसको नाम लिए पछि उनको भिडियो(श्रब्य दृश्य)व्यापक भएको थियो ।

गत मे २५ सोमबारका दिन न्यूयोर्ककै प्रसिद्ध उद्यान सेन्टर पार्कको वृक्षयुक्त क्षेत्रमा एमि कुपर नाम गरेकी महिलाले आफूसंग साथमा ल्याएको डोरीले बाधिएको कुकुरलाई उक्त अस्वेत मानिसले कुकुरलाई मलाई डोराउन देउ भनेको भनि मिथ्या कहानी बनाउदा नराम्रोसंग फसेकी छिन् ।

उक्त जातियताको बिषयमा व्यापक सामाजिक संजाल र पत्र पत्रिकामा जताततै चर्चा र परिचर्चा भए पछि आखिर उनि काम गर्ने कम्पनि(प्रतिष्ठान)ले उनलाई बर्खास्त गरेको हो ।

आश्चर्यको कुरा उक्त नाटकीय रुपमा निर्माण गरेको छोटो भिडियो(श्रब्य दृश्य) उनका भाईले खिचेका थिए । मेलोडी कुपर नामक उक्त व्यक्तिले महिलालाई कुकुरलाई लगाईएको डोरी समाती रहनु भन्दा उनले अस्विकार गरेकी भएता पनि उनले निरन्तर खिची रहेका थिए ।

त्यति मात्र हैन ,उक्त महिलालाई नजिक नआउन भनेका थिए । उक्त श्रब्य दृश्यमा उनले प्रहरीलाई सम्पर्क गर्ने र अफ्रिकन अमेरिकन मानिसले उनलाई धम्कि दिएको बताउने भनेको देखिन्छ ।

उनले अफ्रिकन अमेरिकन मानिस भनेको पटक पटक देखिन्छ भने ९११ मा खबर गरेर तुरुन्त प्रहरी पठाउन समेत आग्रह गरेकी थिइन् । झुटो कुरा सदैव असत्य नै हुन्छ भने झैँ उनले प्रहरीलाई उक्त अफ्रिकन अमेरिकन मानिसले मलाई र मेरो कुकुरलाई धम्कि दिएको बताएता पनि कसैले उनलाई उक्त श्रब्य दृश्यमा धम्कि दिएको देखिदैन ।

उनले कुकुरको घाटीमा लगाईएको डोरीलाई तान्नु भन्दा कुकुरको घाँटी उनले तानि रहेको देखिएको छ । यो सबै प्रपन्च रचेको र मिथ्या झुटो कहानी बनाउदा उनि आफूले खनेको खाल्डोमा आफै पुरिएकी छिन ।

उनि काम गर्ने प्रतिष्ठानले यस्तो प्रकारको जातियता सहन नसकिने बताएको छ । उक्त महिला एमि कुपरले एनबिसी न्युयोर्कलाई अन्तर्वार्ता दिदै आफूले गरेको दुर्ब्यबहार प्रति माफ मागेकी छन् । उनले “म इमानदार र नम्र भई सबै संग माफी चाहन्छु’भनेकी छिन ।

श्रोत :सिबिएस न्युज

प्रतिक्रिया