क्वारेन्टाइनमा बस्ने मानिसहरू बिरामी र मृत्यु भयो भने जिम्मेवार को ?

राकेश कुमार शर्मा २०७७ जेठ १४ गते ६:४८ मा प्रकाशित

क्वारेन्टाइनहरु व्यवस्थित नभएकोले क्वारेन्टाइनमा बस्न नागरिकहरुले मानिरहेका छैनन । क्वारेन्टाइनमा बस्दा झन बिरामी पर्ने हो की भन्ने डरले पनि बस्न मानिरहेका छैनन ।क्वारेन्टाइनमा बस्ने मानिसहरू माथि अन्याय र चरम लापरबाही भइरहेको जन गुनासोहरु सुन्नमा आएको छ ।

कोरोना भाइरसको महामारीमा क्वारेन्टाइन भनेको छ बस्न बाध्य पारिएको छ यो तरिका ठिक भएन क्वारेन्टाइनमा बस्नेहरुको लागी खानपिन पनि दरो इम्युनिटी पावर बढाउने किसिमको पोषण युक्त खाना हुनुपर्छ । क्वारेन्टाइनमा बस्ने हरुको लागी चिया, दुध, फलफूल र खाजाहरुको पनि बन्दोबस्त गरिनुपर्छ ।

क्वारेन्टाइनमा रेखदेख गर्न डाक्टर, साबुन, स्वच्छ पानी, सेनिटाइजर र शौचालय पनि व्यवस्थित हुन जरुरी छ ।

क्वारेन्टाइनमा बस्ने हरुले दिन बिताउने कसरी यो पनि प्रमुख कुरा हो क्वारेन्टाइनमा बस्ने भन्ने बित्तिकै आत्मबल कमजोर हुन गएको हुन्छ ? मनोबल बढने र बस्न उत्साह आउने किसिमको सेवा सुविधाहरू सहितको क्वारेन्टाइन हुन आवश्यक छ ।

क्वारेन्टाइनमा मृत्यु भएको कुरा पनि सुन्नमा आएको छ सत्य तथ्य के हो ? यदि क्वारेन्टाइनमा मृत्यु, बिरामी पर्ने आदि आदि जस्ता घटनाहरु भयो भनेर जिम्मेवार को ?

कतै क्वारेन्टाइनमा राखिएको बहानामा सम्बन्धित निकायहरुले विभिन्न खर्चहरुको शीर्षक बनाएर आर्थिक अनियमितता गर्न खोजिएको त होइन ? हाम्रो मुलुकमा लुटन मात्र जानिएको छ यसकारण शंकास्पद छ ?

क्वारेन्टाइनमा राखिने जिम्मेवारी पाएका सम्बन्धित निकायहरुलाई मेरो भनाइ के छ भने क्वारेन्टाइनमा बल जबर्जस्ती गरी राखिने मानिसहरूलाई अन्तर्राष्ट्रिय मुलुकहरूको मापदण्ड अनुसार सेवा सुविधाहरू दिन सक्नु हुन्छ भने राख्नुहोस सेवा सुविधाहरू दिन सक्नु हुन्न भने जबर्जस्ती बलको प्रयोग गरी राख्ने काम नगरियोस ? क्वारेन्टाइनमा बस्ने मानिसहरू तल माथि पर्न गयो भने यसको जिम्मेवार सम्बन्धित निकायहरू नै हुने छन । क्वारेन्टाइनमा राखिएको मानिसहरू माथि खेलवाड गर्न पाइदैन ? अब क्वारेन्टाइनमा राखिएको मानिसहरूको अमुल्य जीवन संग खेलवाड भएमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा पर्न सक्छ भन्ने कुरा पनि अवगत गराउन चाहान्छु ध्यान दिनुहोला ।

स्वतन्त्र नेपाली नागरिक:
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२
मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिक्रिया