शनिबार, असार २० २०७७
काठमाडौं २३:२९
वासिङटन डिसी 13:44

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निरंतर निशुल्क खाद्य सामग्री आज सातौं पटक वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न।

इनेप्लिज २०७७ जेठ १४ गते ६:४३ मा प्रकाशित


गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निशुल्क खाद्य सामग्री वितरण कार्यक्रम सातौं पटक मंगलवार, २६ मई ४ बजे बेलुका भव्यताका साथ सम्पन्न भयो।

न्यु-योर्क शहर को ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्स सँग सहकार्य गरी द क्याम्पेन एगेन्स्ट हङ्गर द्वारा निशुल्क वितरण फाउण्डेशनको कार्यालय अगाडि वाट गरियो। कार्यालय न्यु-योर्कको ज्याक्सन हाईट्समा अवस्थित छ।

प्रेसिडेन्ट एरिक अडाम्स ले यसै फाउण्डेशन लाई २५० ब्याग स्वस्थ खानेकुरा(Dry Foods)सहयोग स्वरुप प्रधान गर्नु भएको थियो र खाद्य सामग्रीहरु वितरण लाईन अनुसार क्रमश: ६ फीट को दुरी मा लाईन लागेर प्रथम प्रथमतः का आधारमा नेपाली लगाएत विभिन्न समुदाय का मानिसहरुलाई वितरण गरेको जानकारी गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गराउनु भयो।

१५० ब्याग स्वस्थ खानेकुरा कार्यालय अगाडि बाडीं सकेर, रहेको १०० ब्याग रिजहुड(क्वीन्स र ब्रुक्लीन कै बोर्डर) मा आजै पुगेर खाद्य सामग्रीहरु वितरण गरियो।

फाउण्डेशन को निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य सुर्य सीमखडा र नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुवेदि हरु हुनुहुन्थियो।

फाउण्डेशनको निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा उपस्थित भइ सहयोग गर्नु हुनेमा क्रमशः रिजहुड नेपाली समाजका पुर्व अध्यक्ष रवि किरण कोइराला, एन.आर.एन.आई.सि.सि.सदस्य प्रमोद सिटौला, नेजससअ-न्युयोर्कका पुर्व संयोजक बिनोद सुवेदि, ने.वि. सघं अमेरिकाका पुर्व अध्यक्ष प्रभात सापकोटा, यु.एन.आई ग्लोबल युनियन नेपालकि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त हुनुहुन्थीयो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम् लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।

प्रतिक्रिया