आइतबार, असार २१ २०७७
काठमाडौं ०१:०२
वासिङटन डिसी 15:17

केसी डान्स सेन्टरले समुदायको हितको लागि एरो वार्म (एरोबिक)प्रस्तुति गर्दै

इनेप्लिज २०७७ जेठ १३ गते १०:५५ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित केसी डान्स सेन्टरले समुदायको हितको लागि एरो वार्म (एरोबिक)प्रस्तुति गर्ने भएको छ ।

कोरोना भाइरसको कारण घरमै बस्नेहरु र आफ्नो स्वास्थ्यको हेरविचार गर्ने नेपाली समुदायको लागि केसी डान्स सेन्टरले उक्त प्रस्तुति दिन लागेको हो । केसी डान्स सेन्टर कै सह-संस्थापक ,नृत्य निर्देशक तथा चर्चित नृत्यांगना लुना श्रेष्ठले एरो वार्म प्रस्तुति गर्ने छिन् ।

स्मरण रहोस बिगत दुई अढाई महिना देखि सेन्टरले न्याक(एनएसीसी)तथा अन्य नेपाली संघ/संस्था संगको सहकार्यमा जुम प्रविधि मार्फत जुम्बा लगायत अन्य प्रस्तुति नियमित रुपमा गर्दै आएको छ ।

आगामी बुधबार मे २७ का दिन साँझ ७ बजे एरो वार्म गर्ने छ । केसी डान्स सेन्टर कै संस्थापक तथा युवा नृत्य निर्देशक नबिन केसीले समुदायको लागि हामी केही योगदान गर्न चाहना राख्ने भएकोले यो एरो वार्म प्रस्तुत गर्न लागिएको ईनेप्लिजलाई बताए । उनले यो सुवर्ण अवसर भएकोले हेर्न नभुल्न सबैलाई आग्रह गरेका छन् ।

उक्त कार्यक्रमको संचार सहयात्री ईनेप्लिज रहेको छ ।

कहिले : मे २७ ,बुधबार
समय : ७ बजे डिसी समय

प्रतिक्रिया