शनिबार, असार २० २०७७
काठमाडौं २३:१०
वासिङटन डिसी 13:25

डब्लुएनओ,युएसए च्याप्टरको युवा बिभागले ‘सफलताका पाइला ‘ नामक कार्यक्रम प्रस्तुत गर्ने

इनेप्लिज २०७७ जेठ १३ गते १०:२८ मा प्रकाशित

वर्ल्ड नेवाः अर्गनाइजेसन,युएसए च्याप्टरको युवा बिभागले स्टेप टु सक्सेस  ‘सफलताका पाइला ‘ नामक कार्यक्रम गर्ने भएको छ ।

आगामी शुक्रबार,मे २९ का दिन अमेरिकी पूर्वीय समय ९ बजे कार्यकम गर्ने छ । उक्त कार्यक्रममा बिशेष वक्ताहरुको रुपमा अतिथिहरुमा डा अनिल तुलाधर(पीएचडी -पावर इलेकट्रोनिक,बिद्युत ),डा प्रबि राजभण्डारी जो बालरोग अस्पतालमा कार्यरत हुनु हुन्छ भने अर्का प्रवक्ता डा एलिना श्रेष्ठ(पीएचडी-एरोस्पेस (अन्तरिक्ष अभियन्ता )हुनु हुनेछ ।

कार्यक्रम प्रस्तोता रमा महर्जनले गर्नु हुनेछ । वर्ल्ड नेवाः अर्गनाइजेसन,युएसए च्याप्टरको युवा बिभागका संयोजक सुनिल माथेमा प्रधानले यो महत्वपूर्ण कार्यक्रममा सबैलाई सहभागी हुन् आमन्त्रण गर्नु भएको छ । निरन्तर यस्ता कार्यक्रमहरु पस्किने जनाउनु भएको छ ।

उक्त कार्यक्रमको संचार सहयात्री ईनेप्लिज रहेको छ ।

प्रतिक्रिया