जनसम्पर्क समितिद्वारा न्यूयोर्कमा राहत वितरण

इनेप्लिज २०७७ जेठ १२ गते १९:४८ मा प्रकाशित


न्यूयोर्क,अमेरिका,मे २५। नेपाली जनसम्पर्क समिति,अमेरिकाले कोरोना अति प्रभावित न्यूयोर्क राज्यमा रहेका नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरेको छ। आइतवार न्यूयोर्कमा कोरोना बिरुद्ध सचेतना एबं सहयोग समुहमार्फत समितिले विद्यार्थी भीसामा रहेका ५८ जना विद्यार्थीहरुलाई आवश्यक खाध्य सामाग्री वितरण गरिएको नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्टले जानकारी दिनु भएको छ। समितिले समूहका स्वयम्सेवकहरुमार्फत ती विद्यार्थीहरुको घर-घरमा पुगेर खाध्य सामाग्री वितरण गरेको थियो। आइतवारको राहत वितरणका लागि District 34 Assembly member candidate Nuala O’Doherty-Naranjo ले ५८ जना विद्यार्थीहरुलाई थप खाध्य सामाग्रीहरु उपलब्ध गराएकी थिइन्। खाध्य सामाग्रीसहित उनी स्वयम् सहभागी थिइन्।समूहले विगत पांच हप्तादेखि हरेक साता यसरी राहतस्वरुप विद्यार्थीहरुलाई खाध्य सामाग्री वितरण गर्दै आएको छ। यस क्रममा सो समूहले तीन सय नेपाली विद्यार्थीहरुलाई यसरी खाध्य सामाग्री राहतस्वरूप वितरण गरिसकेको छ।

समूहको माध्यमबाट यस पहिले न्यूयोर्कमा मास्क,ह्याण्ड स्यानीटाईजर,पन्जा,टाईलोनल लगायतका अत्यावश्यक सामाग्री वितरण गरी सेवा प्रदान गरेको थियो। यस क्रममा एक हजारभन्दा बढीलाई त्यस्ता अत्यावश्यकीय सामाग्री प्रदान गरेको र यसका लागि विभिन्न राज्यमा रहेका नेपाली दाजुभाई र दिदीबहिनीहरुले सहयोग गरेको सो समूहको समेत संयोजन गरिरहेका विष्टले जानकारी दिएका छन्। विष्ट कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत हुन्।आइतवार वितरण गरिएको राहतका लागि जनसम्पर्क समितिका सदस्यहरुले सहयोग गरेका थिए। राहत वितरणपछि सभापति विष्टले स्वयम्सेवक र सहयोगीहरुलाई धन्यवाद दिंदै आफ्नो फेसबुक वालमार्फत सार्वजनिक गरेको यो नोट:

आजको दिन पनि सुखद रह्यो..

नेपालबाट F1 भीसामा अध्ययनको लागि न्यूयोर्कमा रहनु भएका नेपाली विद्यार्थी भाईबहिनीहरुलाई कोरोना बिरुद्ध सचेतना एबं सहयोग समुह न्यूयोर्कद्वारा आज पाँचौं चरणमा ५८ जना विद्यार्थीहरुलाई एक महिनाको लागि खाध्य सामाग्रीहरु घर घरमा बितरण गरिएको छ। नेपाली जनसम्पर्क समिति अमेरिकाले आज ५८ जना विद्यार्थीहरुलाई सहयोग गरी पुण्यकार्य गरेको छ। आफ्नै नेतृत्वमा रहेको संस्थाले आज गरेको पुण्यकार्यका लागि नेपाली जनसम्पर्क समिति,अमेरिकाका परिवारका सिपी पौडेल,गौतम दाहाल, गोपाल विश्वकर्मा,रबिन बस्नेत,बेदप्रसाद खरेल,अमृत भट्टराई,परमानन्द खनाल,केशब बराल,हरि शर्मा,पिताम्बर भुषाल,हरिबोल भण्डारी,लोक लाम,सुन्दर गुरुङ,सन्तोष पहारी,भगवान मैनाली,बिनोद भट्ट,बाबुराम दवाडी,बाबु सुबेदी,आनन्द विष्ट लगायत सबै सहृदयी मित्रहरु तथा सिंगो जनसम्पर्क समिति,अमेरिका परिवारप्रति यो समुह हार्दिक आभार ब्यक्त गर्दछ।

साथै NYC Grow द्वारा उपलब्ध फलफुल र तरकारी Sherpa Kyduk मार्फत ५८ बक्स साथै organic bread उपलब्ध गराई दिनु भएकोमा उर्गेन शेर्पाजी लगायत शेर्पा Kyduk परिवारलाई हार्दिक धन्यवाद छ। यस्तै विद्यार्थी भाई बहिनीहरुलाई सेवा इन्टरनेशनलद्वारा ५८ थान hand made mask उपलब्ध गराउनु भएकोमा शोभा शर्माजीलाई हार्दिक धन्यवाद छ।

District 34 Assembly member candidate Nuala O’Doherty-Naranjo ले ५८ जना विद्यार्थीहरु लाई थप खाध्य सामाग्रीहरु उपलब्ध गराउनु भयकोमा हार्दिक धन्यवाद छ।

बिशेष धन्यवाद र Salute हाम्रा पुण्यकार्य गर्नुहुने निम्न भोलेन्टर मित्रहरुमा

1 राज कुमार बिष्ट
2.बिष्णु राना मगर
3.पासाङ शेर्पा
4.अच्यूत सिग्देल
5. नब राज के सि
6.मिलन शाही
7.शिव बाँनिया
8.अनिल पाण्डे
9..संगिता बिष्ट
10.छिरिङ योञ्जन
11.टेक गुरुङ
12. नवराज खड्का
13.सोनाम गेल्बु शेर्पा
14.यम लामा
15.सोमेन्न्द्र रन्जित
16.भरत संग्रोला
17.कृष्ण आचर्य
18.खिम भट्टराई
19.कृष्ण पौडेल
20.आङ छिरिङ शेर्पा
21.पुषर महन्त
22. आनन्द बिष्ट

विद्यार्थी राहत ब्यबस्थापनमा बिशेष भूमिका निर्बाह गर्नुहुने बिष्णु राना मगर, राजकुमार बिष्ट, पासाङ् शेर्पा र अच्युत सिग्देलज्युमा हार्दिक आभार। साथै, आज Volunters मित्रहरुलाई Lunch व्यवस्थापन गरिदिनु हुने नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य सुभाश लामाज्यु र FIFNA Board member सोनाम गेल्बु शेर्पाज्युलाई कोटी कोटी धन्यवाद छ। पहिलो चरणमा ४६ जना दोस्रो चरणमा ५६ जना तेस्रो चरणमा ७१ जना चौथो चरणमा र आज पाचौ चरणमा ५८ जना गरी २९२ विद्यार्थी लाई बितरण गरिएको छ। यो कठिन परिस्थितिमा समुदायको सेवामा बिभिन्न माध्यमबाट सहयोगमा जुट्नु हुने सम्पूर्ण महानुभाबहरुप्रति उच्च सम्मान प्रकट गर्दछौं।

प्रतिक्रिया