सोमबार, असार २९ २०७७
काठमाडौं १७:२६
वासिङटन डिसी 07:41

अमेरिकामा नेपाली विद्यार्थी सहयोगी एप

इनेप्लिज २०७७ जेठ १२ गते ४:५८ मा प्रकाशित

 

सेन्टीली,भर्जिनिया,

नेपाली विद्यार्थीहरुको सहयोगका लागि अमेरिकामा मोवाइल एप्लिकेशन तयार भएको छ । गैर आवासीय नेपाली संघ(एनआरएनए)को विद्यार्थी सहयोग सहायता समूह(टाक्स फोर्स)ले यो एप्लिकेशन तयार गरेको हो ।

यसलाई डाउनलोड गरेर रजिष्टर गरे पछि सहयोगका लागि छानिएका स्वयम सेवक दाताहरुसँग सम्पर्क गर्न सकिने छ । यस एप्लिकेशनको माध्यमबाट सहयोग आबश्यक पर्ने र सहयोगीबीच सम्पर्क स्थापना हुने छ । यो एप्लिकेशन तयार गर्न कार्यदलले गत बर्ष नोभेम्बरमा कामको थालनी गरेको थियो । यो एप्लिकेशन मार्फत रजिष्टर भएका र अन्य गरी हालसम्म ६ सय जना विद्यार्थीलाई सहयोग गरिसकिएको छ।

नोवल कोरोनाभाइरस कोविद १९ को संक्रमण शुरु भए पछि अप्ठ्यारोमा परेका नेपाली विद्याथीैको सहायता गर्न शुरु गरिएको काममा कार्यदलका संयोजक त्रिभुवन पाण्डे र सह संयोजक अनुप खनालले एनआरएनए टीमसँग मिलेर विद्यार्थीहरुलाई सहयोग गर्दै आएका थिए । यति बेला पिडित विद्यार्थीहरुलाई खानेकुरा सहायता गरिएको छ । अब भने थप विद्यार्थीमा सहायता पुर्याउने र सरकारी राहतका लागि पनि पहल गरिने संयोजक पाण्डेको भनाइ थियो । नेपाल फर्किन चाहानेलाई सो को लागि र अन्य आबश्यक सहायताका लागि पनि यो कार्यदलले काम गर्ने पाण्डेको भनाइ थियो ।

अमेरिकाका २० वटा विश्वविद्यालयका एक एक जना प्रतिनिधि छानेर ती विश्वविद्यालयका अध्ययनरत विद्यार्थीका समस्याको समाधानको जानकारी लिने र सहायता वितरणको योजना बनाउने गरिन्छ । सहयोगीहरुको लिष्ट पनि एप्लिकेशनमा भएकाले राहत आबश्यक पर्ने विद्यार्थीले सजिलै सम्पर्क गर्न सक्ने छन । यसरी हालसम्म अमेरिकाका ४० वटा विश्वविद्यालयहरुमा सहयाताका लागि सूचना पुगिसकेको बताइएको छ ।

कोविद १९को संक्रमण बढ्न थाले पछि मिजौरी विश्वविद्यालयमा विद्यार्थीहरुलाई छात्राबास खाली गर्न सूचित गरिएको थियो । विद्यार्थीहरुसँग पैसा र समय थिएन । ती विद्यार्थीहरुलाई यो कार्यदलले उद्धार गरेको थियो । त्यस्तै अन्य राज्यहरुमा पनि विद्यार्थीहरुलाई राहत उपलब्ध गराउने कार्य जारी छ ।

प्रतिक्रिया