सोमबार, असार २९ २०७७
काठमाडौं १६:२८
वासिङटन डिसी 06:43

मिजोरीमा कोभिड-१९ बाट संक्रमित दुई नाईहरुद्वारा १ सय ४० जना संक्रमित

इनेप्लिज २०७७ जेठ ११ गते १६:१२ मा प्रकाशित

अमेरिकाको मिजोरी राज्यमा कोभिड-१९ बाट संक्रमित भएका कपाल काटने दुई बिज्ञ (नाई)हरुले १ सय ४० जनालाई संक्रमित बनाएको शंका गरिएको छ ।

एक दिन अघि मात्र एक नाईले कम्तिमा उक्त प्रसाधनालय(नाई पसल )मा आएका सम्भावित रूपमा ८४ जना ग्राहक र ७ जना सहकर्मीलाई संक्रमित बनाएको हुन् सक्ने खुलासा स्वास्थ्य बिभागले गरेको थियो ।

फेरी एक दिन पछि उक्त नाई पसल मै काम गर्ने दोश्रो नाईले ५६ जना ग्राहकलाई संक्रमित बनाएको हुन् सक्ने स्वास्थ्य अधिकारीले जनाएका छन् । दुवै कपाल काट्ने बिज्ञहरुलाई कोरोना भाइरसको लक्षण देखिएको भएता पनि काम गर्न निरन्तर आई रहेका थिए ।

मिजोरीको स्प्रिङ्गफिल्ड-ग्रीन स्वास्थ्य बिभागले गत शनिबार उक्त कपाल काट्ने पसलमा काम गर्ने दोश्रो नाईलाई कोरोना भाइरसको परीक्षण गर्दा संक्रमित भएको परिणाम आएको जनाएको छ ।

ग्रेट क्लिप्स नामक नाई पसलमा काम गर्ने दुवैको बारेमा पूर्ण विवरण र उनीहरुको अवस्था बारेमा जानकारी भने दिएका छैनन् । आफूलाई लक्षण रहेको थाहा पाएता पनि उनीहरु स्वयम् र आफ्ना ग्राहकले समेत मुखावरण(मास्क)प्रयोग गरेका थिए ।

दुवै नाई मे महिनाको दोश्रो हप्ता देखि गत बुधबार सम्म काम गरेका थिए । उक्त राज्यको स्वास्थ्य विभागका अनुसार अन्य व्यवसाय सहित नाई पसलहरु खोल्न अनुमति दिइएको थियो ।

उक्त पसलले जो ग्राहकले त्यहा सेवा लिएका थिए उनीहरुको सबै अभिलेख राम्रोसंग राखेको स्प्रिङ्गफिल्ड-ग्रीन काउन्टी स्वास्थ्य बिभागका निर्देशक क्ले गोडार्डले जानकारी दिएका छन् ।

“म तपाईसँग इमानदार हुन जाँदैछु: हामीसँग यति धेरै हुन सक्दैन,” उनले पत्रकार सम्मेलनमा भने। “हामी यसलाई नियमित बानी बनाउन सक्दैनौं वा समुदायको रूपमा हाम्रा क्षमताहरू तनावपूर्ण हुने छन्।”

उनले भने ग्रेट क्लिपले गहन रुपमा सफाई उपायहरुले लिने भएकोमा खुशी व्यक्त गरेका छन् ।

श्रोत :सिएनएन

प्रतिक्रिया